birat ribon

पत्रपत्रिकामा देश : काठमाडौंका ठुला अस्पतालको पर्यटकमाथि लुट

Neuro
पत्रपत्रिकामा देश : काठमाडौंका ठुला अस्पतालको पर्यटकमाथि लुट

विराटनगर २७ पुस । काठमाडौंका निजी अस्पतालले विदेशी पर्यटकलाई उपचार गराउन आउँदा चरम आर्थिक शोषण गरिरहेका छन् ।

गुनासो बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अध्ययनले पर्यटकमाथि चरम आर्थिक शोषण गरेको भेटिएको नयाँ पत्रिका दैनिकमा मुख्य समाचार छ । तर अध्ययन टोलीले दिएको प्रतिवेदनमा सरकारले कुनै कारबाही गरेको छैन् ।

cura insider

काठमाडौंको बयोधा अस्पतालले एउटै बिरामीलाई एकै दिन एसआईसीयू, आईसीयू, डिलक्स र स्विट रुमको बिल दिएको थियो । यस्तै १७ दिनमा १०९ पटक विषेशज्ञ डाक्टरको राउण्ड भएको भन्दै चार्ज गराएको छ ।

अर्काे ग्राण्डी अस्पतालममा नाफारहित रक्तसञ्चार सेवामा पनि नाफा लिएको देखिएको छ । रेफर भएर आएका पर्यटक बिरामीलाई पहिले गरिसकेको जाँच फेरी गराएको पाइएको छ ।

नर्भिकले कोअर्डिनेसन चार्ज हस्पिटल सरचार्ज जस्ता अनौठा शिर्षकमा पर्यटकबाट पैसा उठाएको छ । सिवेक अस्पतालले सामान्य उपचारमै १ लाख ६९ हजार रुपैयाँ पर्यटक बिरामीसँग असुलेको छ ।

उपसभामुखले राजीनामा नदिने

अन्नपूर्ण पोष्टमा उपसभामुखले राजीनामा नदिने र आजको बैठक आफै चलाउने बताएको समाचार छ । यही समाचार सभामुख चयन अन्योलमै शिर्षकमा कान्तिपुर दैनिकले छापेको छ ।

उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन लागउने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयले निर्णय गरी निर्देशन दिएपनि उनले भने आज (आइतबार)को संसद बैठक आफैले चलाउने बताएकी छिन् ।

नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउन नसकेपछि आजको संसद बैठक बोलाउने नबोलाउने विषयमा समेत अन्योल बढेको छ । संंसद सचिवालय श्रोतले बैठक बोलाएर सभामुख चुनावी प्रकृया अलि ढिलो गर्न समेत सकिने जनाएको छ ।

यता उपसभामुख तुम्बाहाम्फेले पार्टीको निर्णयबारे आफूलाई जानकारी नभएको भन्दै सभामुख पद आफुलाई दिने निर्णय नभइ राजीनामा नदिने बताइन् ।

पार्टीले राजीनामा माग्ने कुरा अनौठो नभएको उनले बताइन् । पुस ४ गते डाकिएको संसद बैठक नेकपाले सभामुखको उम्मेदवार टुंगो नलागउँदा त्यस यता ३ पटक सूचना टाँसेर स्थगित भएको छ ।

नागरिक दैनिकमा ‘खोला रित्याउँदै क्रसर माफिया’ शिर्षकमा नागरिक दैनिकले मुख्य समाचार छापेको छ ।

सरकारी निकाय निरीह बन्दा कानूनी हैसियत विना आठ वटा क्रसर उद्योग धनुषामा सञ्चालनमा रहेको खबर नागरिकले मुख्य खबर बनाएर छापेको हो ।

यस्तै क्रसरको ज्यादतीविरुद्ध बोल्दा टिपरले किचेर धनुषाको औरही गाउँका ओमप्रकाश महतोको हत्या गरिएको समाचार पनि छ ।

jackson ribon