birat ribon

पत्रपत्रिकामा प्रदेश : सरकारी गाडीको दूरुपयोग

Neuro
पत्रपत्रिकामा प्रदेश : सरकारी गाडीको दूरुपयोग

विराटनगर २७ पुस । सार्वजनिक विदाको दिन सरकारी कर्मचारीले सरकारी सवारी साधन दूरुपयोग गरी निजी काममा प्रयोग गर्ने गरेको पाइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगरमा गरेको जाँचमा आधा दर्जन बढी सरकारी सवारी साधन सनिवार निजी काममा चलाएको पाइएको थियो ।

cura insider

ती प्रहरीले सबै गाडी नियन्त्रणमा लिएको छ । बिदाको दिन दूरुपयोग गरी चलाएको चार पांग्रे र मोटरसाइकल नियन्त्रणमा लिएको मोरङ ट्राफिक प्रहरी कार्यालय विराटनगरका प्रमुख इन्स्पेक्टर राकेशकुमार पोद्दारले बताए ।

उनले शनिबार र सार्वजनिक बिदाको दिन प्रशासनको अनुमतिमा सरकारी साधन चलाउन पाइन्छ । अनुमति नलिइ चलाइएको साधन नियन्त्रणमा लिइएको हो ।

उता झापामा पनि सरकारी नम्बर प्लेट भएका सवारी साधन वनभोज जान प्रयोग गरिएको ब्लाष्ट टाइम्सले खबर छापेको छ । दर्जन बढी सवारी साधन वनभोजका लागि पुर्याइएको थियो ।

झापाको हल्दीबारी २ मा रहेको भेलागढी सिमसारमा दर्जनौँ चार पांग्रे र मोटरसाइकल लगिएको थियो । झापाका प्रमुख जिल्ला अधिकारी उदय रानामगरले यसरी सरकारी गाडीको दूरुपयोग गर्नु गैरकानूनी भएको बताए ।

ढुवानी व्यवसायमा कालो बादल शिर्षकमा उद्घोष दैनिकमा मुख्य समाचार छ । सरकारको निर्णयबाट ढुवानी व्यवसायमा कालो बादल मडारिएको भन्दै ट्रक व्यवसायीहरुले सरकारी निर्णयलाई निरंकुशतन्त्रको संज्ञा दिएका छन् ।

विराटनगरमा सम्पन्न ट्रक व्यवसायी संघको शनिबार सम्पन्न साधारण सभामा संघका अध्यक्ष मेघराज सिग्देलले संस्था ऐन २०३४ अनुसार दर्ता भएको संघसंस्थाहरुलाई खारेज गरेर सरकारले निरंकुशता देखाएको बताए ।

आर्थिक वर्ष २०७४/०७५ मा ढुवानी भाडामा टीडीएस लगाएकोमा ट्रक व्यवसायीले स्वीकार गरेको, फेरी भिटिएस लगाएको र अहिले भ्याट थुपारेको व्यबसायीहरुमाथि करको भार मात्रै थुपार्ने काम भएको बताए ।

उदयपुरको त्रियुगा नगरपालिका २ जोगिदहमा निर्माण सुरु गरी २ वर्ष अघि रोकिएको सगरमाथा विमानस्थलको काम फेरी सुरु भएको छ । कान्तिपुर दैनिकमा यो समाचार छ ।

जोगिदहको कंग र मोथिहयी सामूदायीक वन क्षेत्रमा निर्माण हुने विमानस्थल निर्माणको लागि काटिने रुखको लागत संकलन गर्न थालिएको छ ।

विमानस्थल निर्माणको लागि करिब ३५ हजार ५ सय ४१ रुख कटिने प्रारम्भीक अनुमान छ ।

jackson ribon