birat ribon

प्रदेश एकका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

Neuro
प्रदेश एकका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

विराटनगर २६ पुस । १ नम्बर प्रदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

झापाको दमक नगरपालिका ४ कृष्ण मन्दिर अगाडि पूर्व पश्चिम राजमार्गमा शनिबार बिहान साढे ६ बजे पश्चिम आउँदै गरेको मे १ क ६४९ नम्बरको टिपरले स्थानीय ६९ वर्षीया तुलसा गौतमलाई ठक्कर दिदाँ उनको घटनास्थलमै मृत्यु भएको छ ।

cura insider

ठक्कर दिने टिपर ,टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

यस्तै झापाको मेचीनगर नगरपालिका ७ ईटाभट्टा चोकमा पश्चिम बाट पूर्व जाँदै गरेको मे ४ प ९३१३ नम्बरको मोटरसाइकललाई यूपी २५ १६९३ नम्बरको भारतीय ट्रकले ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकल चालक बारा काँकडी ७ का ४० वर्षीय रामप्रसाद यादबको घटनास्थल मै मृत्यु भएको थियो ।

गएराती भएको दुर्घटनामा ठक्कर दिने ट्रक र ट्रक चालक भारतको बिहार मधुबनीका ४८ वर्षीय नरेश कुमार यादवलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको नियन्त्रणमा लिएको छ ।

उता धनकुटाको चौबिसे गाउँपालिक ८ एसपीमोर्ड भेडेटार स्थित बुधबारे सडक खण्डमा टेलर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

शनिबार बिहान साढे १० बजे ना ७ ख ७९१७ नम्बरको टेलरमा स्काईभेटर लोड गरी राजारानी धनकुटा बाट ६ नम्बर बुधबारे जाँदै गर्दा घुम्तीमा मोड्ने क्रममा टेलर दुर्घटना भएको हो ।

अनियन्त्रित भइ टेलर सडकमा पल्टिँदा सहचालक ३५ वर्षीय राजकुमार राईलाई टेलरले किच्दा घटनास्थलमै मृत्यु भएको थियो । टेलर चालकलार्ई इलाका प्रहरी कार्यालय राजारानीको नियन्त्रणमा लिएको छ ।

jackson ribon