birat ribon

बाटोमा रेलिङ भाँच्चिएर लड्दा एक जनाको मृत्यु

Neuro
बाटोमा रेलिङ भाँच्चिएर लड्दा एक जनाको मृत्यु

सोलुखुम्बु २६ पुस । सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिका ४ सनासा र फोर्त्सेको बाटोमा राखेको काठको रेलिङ भाँच्चिएर तल झर्दा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो ३ बजे फोर्त्से ठागा घर भएका ४० वर्षीय पाल्देन शेर्पा नाम्चे हाट गएर घर फर्कने क्रममा बाटोको किनारामा रहेको काठको रेलिङ समाउँदै हिड्ने क्रममा रेलिङ भाँच्चिएर बाटोबाट १०० मिटर तल खसेका थिए ।

cura insider

सडकबाट खसेर गम्भीर घाइते भएका उनको उपचारको लागी खुन्दे अस्पताल खुम्जुङमा पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

jackson ribon