birat ribon

अमेरिकी राष्ट्रपतिले दिए किम जोङलाई जन्मदिनको शुभकामना

Neuro
अमेरिकी राष्ट्रपतिले दिए किम जोङलाई जन्मदिनको शुभकामना

अमेरिका २६ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनको जन्मदिनमा शुभकामना व्यक्त गरेका छन् ।

उत्तर कोरियाली विदेश मन्त्रालयका सल्लाहाकारले शनिबार राष्ट्रपति ट्रम्पले कोरियाली नेता किमलाई पठाएको वधाई–पत्र संयुक्त राज्य अमेरिकाबाट प्राप्त भएको पुष्टि गरे ।

cura insider

किम र ट्रम्पबीच व्यक्तिगत सम्बन्ध राम्रो भएको उत्तर कोरियाली अधिकारीहरुले बताए । तर यही सम्बन्धको कारण नै दुई मुलुकबीच वार्ता सुरू गर्ने बिषयलाई प्योङयाङले स्वीकार गर्छ भन्ने सोच्नु ‘अस्वभाविक’ हुने उनीहरुको भनाइ छ ।

अमेरिकासँग तत्काल पुनः वार्ता गर्ने सम्भावना नरहेको उत्तर कोरियाले बताएको छ । कोरियाली प्रायदीपलाई आणविकरूपमा निशस्त्रीकरणका लागि वार्ता सुरू हुनका लागि पहिले अमेरिकाले यस पहिले उत्तर कोरियाले राखेका मागलाई पूर्णरूपमा सम्बोधन गर्नुपर्ने उसले बताएको छ ।

अवरूद्ध आणविक वार्ता पुनः सुरू हुनका लागि उत्तर कोरियाले यस पहिलेका वार्तामा उठाएका बिषयलाई ‘पूर्ण सहमति’ जनाउनु पर्ने अमेरिकाको भनाइ छ ।

अमेरिकी राष्ट्रपति र नेता किमबीच सन् २०१८ को जुनपछि कोरियाली प्रायदीपलाई निशस्त्रीकरण गर्ने सम्बन्धमा तीन पटक वार्ता भएको छ । फेबु्रअरी २०१९ मा भियतनामको हनोइमा भएको वार्तामा दुई नेताबीच कुरा नमिलेपछि अवरूद्ध बनेको वार्ता फेरि सुरू हुने पटक पटक चर्चा चलेपनि वार्ताको वातावरण बनेको छैन ।

वार्ता अवरूद्ध भएपछि अमेरिकी राष्ट्रपतिले नेता किमसँगको राम्रो सम्बन्ध रहेको भन्दै आफू किमसँग ‘प्रेममा परेको’ प्रतिक्रिया दिएका थिए ।

उत्तर कोरियाले सन् २०१८ मा गरेका आणविक परिक्षण र त्यस पहिले मानव अधिकारलगायतका बिषयलाई लिएर अमेरिकी पहलमा राष्ट्रसङ्ले उत्तर कोरियामाथि कडा आर्थिक प्रतिबन्ध लगाउँदै आएको छ । यसका कारण उत्तर कोरिया विश्व समुदायबाट एक्लाइएको छ ।

jackson ribon