birat ribon

उपसभामुखलाई राजीनामा गराउँदै नेकपा

Neuro
उपसभामुखलाई राजीनामा गराउँदै नेकपा

काठमाडौं २६ पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने भएको छ ।

नेकपाको शनिबार बसेको सचिवालय बैठकले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने निर्णय गरेको हो ।

cura insider

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालयको बैठकमा सभामुखमा उम्मेदवार दिने र उपसभामुख तुम्बाहम्फेलाई राजीनामा गराउने निर्णय प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओली भने सहभागी भएनन् । स्वास्थ्यका कारण उनी बैठकमा सहभागी हुन नसकेको श्रोतले जनाएको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तुम्बाहाम्फेसँग शुक्रबार भएको छलफलबारे जानकारी दिएका थिए । नेकपाका अध्यक्षद्धयसँग भएको भेटमा तुम्बाहाम्फले आफूलाई सभामुख बनाउने निर्णय गरे मात्र उपसभामुखबाट राजीनामा दिने बताएकी थिइन् ।

उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराएपनि सभामुख कसलाई बनाउने भन्ने विषयमा भने सचिवालय बैठकमा छलफल भएन् ।

jackson ribon