birat ribon

गल्तीले युक्रेनी विमान खसालिएको इरानको स्वीकार

Neuro
गल्तीले युक्रेनी विमान खसालिएको इरानको स्वीकार

इरान २६ पुस । इरानको गल्तीको कारण युक्रेनी विमान दुर्घटना भएको इरानी सेनाले स्वीकारेको छ । इरानको सेनाले केही दिन अगाडी इराकमा युक्रेनी विमान खसालिएको बारेमा कमजोरी भएको स्वीकार गरेको हो ।

सरकारी पक्षले शनिबार प्रकाशित गरेको विज्ञप्तिमा इरानको सेनाले मानवीय गल्ती कारण विमान खसालेको उल्लेख गरिएको छ । घटनामा दोषी देखिएकालाई कारबाही गरिने विज्ञप्तिमा जनाइएको छ ।

cura insider

विमान दुर्घटनाको समयलाई हेर्दा इरानले प्रत्याक्रमणस्वरूप हुन सक्ने सम्भावित क्षेप्यास्त्र प्रहारका लागि तयारी गरिरहेका बेला उक्त विमानलाई अमेरिकी लडाकू विमान भनेर झुक्किएर खसालेको हुनसक्ने विश्लेषण पनि गरिएको छ ।

ठूलो विपत्ति र अक्षम्य गल्ती भएको पनि इरानका राष्ट्रपति हसन रुहानीले सामाजिक सञ्जाल ट्वीटरमार्फत बताए । युक्रेनी अन्तर्राष्ट्रिय वायु सेवाको विमान दुर्घटनामा परी चालक दलका सदस्यसहित १ सय ७६ नागरिकको मृत्यु भएको थियो ।

तेहरानबाट किभ हुँदै टोरन्टोका लागि उडेको विमानमा अधिकांश यात्रु इरान र क्यानडाका थिए । मृतकमध्ये १५ जना बालबालिका थिए ।

jackson ribon