birat ribon

देउवासँग पार्टी सञ्चालन गर्ने योजना छैन् : महामन्त्री कोइराला

Neuro
देउवासँग पार्टी सञ्चालन गर्ने योजना छैन्  : महामन्त्री कोइराला


चितवन, २६ पुस । नेपाली काँग्रेस सभापति शेरबादुर देउवासँग पार्टी सञ्चालन गर्ने योजना नरहेको महामन्त्री डा. शशाङ्क कोइरालाले बताएका छन् । देउवामा पार्टी सञ्चालनको योजना नहुँदा समस्या आएको उनले बताए । चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने बताए ।
‘म चार वर्षसम्म चुप लागेर बसेको हुँ ।’ उनले भने ‘पार्टी सञ्चालनका लागि कुनै नयाँ योजना आउँछन् कि भने तर आएन ।’

शुरुमा नै पार्टी नेतृत्वको विरोध गर्दा पार्टी नै विभाजन हुने भएकाले समय कुरेर बसेको उनको भनाइ थियो । अहिलेसम्म सङ्गठन विस्तार, विभाग गठन, पार्टी सञ्चालन प्रक्रियामा कुनै स्पष्ट खाका आउन नसकेको कोइरालाले बताए । रासस

cura insider
jackson ribon