birat ribon

शिक्षक र कर्मचारीकै तलबबाट मात्र कोषमा योगदान गर्न खाेजेकाे आराेप

Neuro
शिक्षक र कर्मचारीकै तलबबाट मात्र कोषमा योगदान गर्न खाेजेकाे आराेप

विराटनगर, २६ पुस । निजी विद्यालय सञ्चालकहरु याेगदानमा आधारित सामाजिक सुरक्षा कोष लागु गर्दा शिक्षक र कर्मचारीको तलबबाट योगदान गर्ने चलखेलमा लागेको संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापाले बताएका छन् ।

अधिकांश निजी विद्यालयले याेगदानमा आधारित सामाजिक सुरक्षा काेषमा सहभागि भएका छैनन् । युनियनको विराटनगरमा आयोजित केन्द्रीय पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले विद्यालय सञ्चालकहरु शिक्षक कर्मचारीकै तलबबाट सामाजिक सुरक्षा कोषमा योगदान गर्ने धाउन्नमा लागेको बताएका हुन् ।

cura insider

योगदानमा आधाररित सामाजिक सुरक्षा कोषमा सहभागि हुँदा बेसिक तलबको ३१ प्रतिशतमा श्रमिकहरूले आफ्नो तर्फबाट १० प्रतिशत र रोजगारदाताले १० प्रतिशत याेगदान गर्नुपर्छ । श्रम ऐनकाे व्यव्था अनुसारको काम सुरु गरेदेखिकै उपदानका लागि कटाइने ८.३३ प्रतिशत गर्दा २८.३३ प्रतिशत र सामाजिक सुरक्षा कोषका लागि १ प्रतिशत याेगदान गर्नुपर्छ । त्यस्तै रोजगार दाताले थप १.६७ प्रतिशत योगदान गर्नुपर्छ । जसमा २८.३३ प्रतिशत पेन्सन योजना अन्तगत प्रयोग हुनेछ भने २.६७ प्रतिशत सामाजिक बिमामा प्रयोग हुनेछ ।

तर निजी विद्यालयका सञ्चालकहरु भने कर्मचारी र शिक्षकको तलबबाट मात्र योगदानमा सहभागि हुन खोजेको थापाको गुनासो छ ।

विद्यालय सञ्चालकहरुको योजना विरुद्ध देशब्यापी अभियान चाल्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ । निजी विद्यालयका कदम विरुद्ध केन्द्रले अभियान सञ्चालन गरेको बताउँदै उनले अन्य क्षेत्रमा पनि सचेत हुनुपर्ने बताए ।

सामाजिक सुरक्षा कोष निम्म आयस्तरभएका शिक्षक कर्मचारीहरुका लागि फलदायी भएको बताउँदै उनले पछिल्लो समय कोषका बारेमा नकारात्मक टिका टिप्पणीगरी प्रभावित बनाउन खोजिएको बताए । उनले सरकारसँग भएकाे विभिन्न सहमति पनि पालन नभएकाे बताए ।

शनिबार सुरु छलफलमा देशभरबाट केन्द्रीय पदाधिकारीहरु सहभागि छन् ।

jackson ribon