birat ribon

युक्रेनी बिमान खसालेको इरानको स्वीकार

Neuro
युक्रेनी बिमान खसालेको इरानको स्वीकार

एजेन्सी, २६ पुस । इरानीले भुलबस युक्रेनी जहाज खसालेको स्वीकार गरेको छ । अमेरिकी सेनाको इराकमा रहेको क्याम्पमा मिसाइल आक्रमण गरेकै रात इरानमा बिमान दुर्घटना भएको थियो ।

आगो लाग्दै बिमान माथीबाट झरेको भिडियो सार्बजनिक भएपछि इरानी सेनाले ‘भूलवश’ युक्रेनी जहाज खसालेको स्वीकार गरेको हो ।

cura insider

इरानी विदेशमन्त्री जवाद जरिफले ट्विट गर्दै ‘मानवीय गल्ती’ भएको बताएका छन् । ट्विटमार्फत गल्ती स्वीकार्दै उनले सेनाले गरेको आन्तरिक अनुसन्धानले मानवीय गल्तीले दुर्घटना भएको बताएका छन् ।

विदेशमन्त्री जरिफले इरानी नागरिक र विमान दुर्घटनामा ज्यान गुमाएका अन्य देशका नागरिकका परिवार र आफन्तसँग माफी मागेका छन् ।

इरानका राष्ट्रपति हसन रुहानीले मानवीय गल्तीका कारण विमान दुर्घटना भएको स्वीकार गर्दै आफूहरुबाट अक्षम्य गल्ती भएको बताएका छन् ।

बुधबार युक्रेनको विमान तेहरान हवाई अड्डाबाट उडान गरेलगतै दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा विमानमा सवार १७६ जना यात्रुको मृत्यु भएको थियो । मृत्यु हुनेमा ८२ जना इरानी, ६३ क्यानडेली, ११ युक्रेनी, १०स्विडेनी, ४ अफगानी, ३ जर्मन, र ३ जना बेलायती नागरिक थिए ।

६३ जना आफ्ना नागरिक गुमाएको क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले इरानले क्षेप्यास्त्र हानेर जहाज खसालेको दाबि गरेका थिए ।

अमेरिकाले इरानी सेनाका कमान्डर जर्नेल कासिम सुलेमानीको हत्या गरेपछि इरानले इराकमा रहेको अमेरिकी सैन्य अखडामा रकेट प्रहार गरेको थियो ।

jackson ribon