birat ribon

भारतमा ट्रक र बस ठोक्किँदा आगलागी : २० जनाको जलेर मृत्यु

Neuro
भारतमा ट्रक र बस ठोक्किँदा आगलागी : २० जनाको जलेर मृत्यु

काठमाडौं २६ पुस । भारत उत्तरप्रदेशमा भएको सडक दुर्घटना हुँदा २० जनाको जलेर मृत्यु भएको छ । उत्तरप्रदेशको कन्नौजमा यात्रुवाहक सब ट्रकसँग ठोक्किदा बसमा आगो लागेको थियो ।

आगलागी हुँदा त्यसमा सवार कम्तिमा २० जनाको मृत्यु भएको छ । २१ जनालाई बसबाट उद्धार गरिएको छ । कतिपयले बसबाट हामफालेर ज्यान जोगाए ।

cura insider

बसमा ५० जना यात्रुहरु थिए । एसीयुक्त बस र ट्रक आपसमा ठोक्किनासाथ दुवैमा आगो लागेको थियो ।

मृतकका परिवारलाई दुई दुई लाख र घाइतेहरुलाई ५० हजार भारु राहत दिने घोषणासमेत उत्तर प्रदेश सरकारले गरेको छ ।

jackson ribon