birat ribon

भोटखोलामा १० दिनदेखि टेलिफोन सेवा अवरुद्ध

Neuro
भोटखोलामा १० दिनदेखि टेलिफोन सेवा अवरुद्ध

संखुवासभा २६ पुस । संखुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा १० दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ ।

भोटखोला गाउँपालिका २ र ४ मा रहेका सीमानाको माक्पालुङमा रहेको नेपाल टेलिकमको टावरमा समस्या देखिएपछि सञ्चार सेवा अवरुद्ध भएको हो ।

cura insider

उच्च हिमाली क्षेत्रमा हावाहुरी र चट्याङको कारण टावरमा समस्या हुने गरेको छ । १० दिन भएपनि टावर बनाउन चासो नदिएको भन्दै स्थानीयले आक्रोश पोखे । सथानीय सुवाष भोटेले १० दिनसम्म पनि मर्मतको लागि चासो नदेखाउँदा समस्या झनै बढेको बताए ।

माक्पालुङको टावरको कन्ट्रोलरमा खराबी आएको कारण टेलीफोन अवरुद्ध भएको भन्दै दूरसञ्चार कार्यालय खाँदबारीका प्रमुख राधारमण भट्टराईले कन्ट्रोलरको खोजी भइरहेको बताए ।

jackson ribon