birat ribon

पत्रपत्रिकामा देश : सभामुखको गाँठो झन् कसियो

Neuro
पत्रपत्रिकामा देश : सभामुखको गाँठो झन् कसियो

विराटनगर २६ पुस । प्रतिनिधि सभा सभामुखविहीन भएको चार महिना बितिसक्यो । सत्तारुढ नेकपा दुई अध्यक्षहरु सभामुख पद खोसाखोस मै अल्झिएका छन् । उनीहरुको अडानले सभामुख चयनमा झनै अन्योल बढेको छ ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच करिब तीन घण्टा भएको छलफल पनि टुंगोमा पुग्न सकेन् । छलफलमा अध्यक्ष दाहालले एकीकरणपूर्वको सहमतिअनुसार पूर्वमाओवादीलाई सभामुख दिन आग्रह गरे ।

cura insider

तर प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार एक जनाले चलाउने र पार्टी एक जनाले चलाउने सहमति भएपछि सभामुखपनि सरकार सञ्चालनमा सहज हुने गरी चुन्नु पर्ने र आफैले रोजेको व्यक्ति चाहिने बताए ।

कान्तिपुर दैनिकमा छापिएको मुख्य खबरमा ओली सुवासचन्द्र नेम्बाङलाई सभामुख बनाउन चाहान्छन् ।

नागरिक दैनिकमा ‘जनताको सूचनामा ग्रहण’ शिर्षकमा मुख्य समाचार छ ।

कहाँ कहाँ हिर्काउँदा जनताको जभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक कमजोर पार्न सकिन्छ, खोजी खोजी त्यही हिर्काउन लागिपरेका छन् सरकार पक्षधर । नागरिकले आवरणमा निसानामा अभिव्यक्ति स्वतन्त्रता शिर्षकमा समाचार छापेको छ ।

‘अन्ततः हेटौंडा नै’ शिर्षकमा अन्नपूर्ण पोष्टमा मुख्य खबर छ । प्रदेश तीनका सत्तारुढ दल नेकपाका सांसद राजधानी हेटौडा र नाम बागमती नै राख्न एकमत भएका छन् ।

प्रदेश ३ को संसदीय दलको शुक्रबार बसेको बैठकमा यस्तो सहमति भएको हो ।

‘ धराप कि विद्यालय ?’ शिर्षकमा नयाँ पत्रिकामा मुख्य समाचार छ । बस्नै नमिल्ने भन्दै पाँच वर्षअघि सरकारले रातो स्टिकर टाँसेका विद्यालयमा अहिलेपनि जोखिम मोल्दै पढ्न विवश छन् बालकालिका । राजधानी काठमाडौंकै धेरै विद्यालय यस्ता छन् ।

जहाँ बस्नै नमिल्ने स्टिकर टाँसिएको छ ।

jackson ribon