birat ribon

भाल्भेर्डेको स्थानमा जाभीलाई ल्याउने योजनामा बार्सिलोना

Neuro
भाल्भेर्डेको स्थानमा जाभीलाई ल्याउने योजनामा बार्सिलोना

एजेन्सी, २६ पुस । बार्सिलोनाले आफ्ना वर्तमान प्रशिक्षक अर्नेस्टो भाल्भर्डेलाई हटाएर पूर्वस्टार जाभी हर्नान्डेजलाई प्रशिक्षकको रूपमा चाहेको बताइएको छ । स्पेनिस मिडिया मार्काका अनुसार बार्सिलोनाले कतार स्टार्स लिग क्लब अल–स्याडका म्यानेजर जाभीलाई प्रशिक्षक बनाउन चाहेको हो ।

sdf

खबरका अनुसार भाल्भेर्डेलाई हटाएर तुरुन्तै आफ्ना पूर्वखेलाडी जाभीलाई प्रशिक्षकको रूपमा नियुक्त गर्ने बार्सिलोनाको इच्छा छ । बार्सिलोनाका प्रमुख कार्यकारी ओस्कार ग्राउ र टेक्निकल सेक्रेटरी इरिक अबिडाल जाभीसँग यस विषयमा कुरा गर्नका लागि शुक्रबार दोहा पुगेको जनाइएको छ । जाभीलाई अघिल्ला दुई पूरा सिजन प्रशिक्षकको जिम्मेवारी सुम्पिने भन्दै यस बैठकका लागि केही समयअघि योजना बनाइएको थियो ।

cura insider

बार्सिलोनाको बोर्डले पनि जाभीलाई भाल्भेर्डेको स्थान दिन योजना बनाएको बताइएको छ । ‘आरएसी वान’को रिपोर्टअनुसार गाउ, अभिडाल र जाभीबीच दोहामा बैठक भएको थियो । जसमा जाभीलाई बार्सिलोनाको प्रशिक्षकमा प्रस्ताव राखिएको थियो ।

jackson ribon