birat ribon

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

Neuro
राष्ट्रियसभा निर्वाचन : उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनअन्तर्गत शुक्रबार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ ।

९ माघमा हुने निर्वाचनका लागि उम्मेदवारलाई सम्बन्धित पार्टीको निर्वाचन चिह्न प्रदान गरिएको आयोगले जनाएको छ ।

cura insider

प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, प्रदेश ३ को ललितपुर, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को घोराही, कर्णाली प्रदेशको वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको सिलगढीमा रहेको निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन चिह्न प्रदान गरिएको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचन प्रयोजनकै लागि शुक्रबार बिहान १० देखि अपराह्न १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको बताए ।

निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १६, नेपाली काँग्रेसका १६, समाजवादी पार्टी ७, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका २/२ गरी ४५ उम्मेदवारले भाग लिएका छन् ।

यसैगरी सातवटा प्रदेशमा महिला समूहतर्फ ७, दलित समूहतर्फ २, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदाय समूहतर्फ २ र अन्य समूहतर्फ ७ गरी जम्मा १८ रिक्त पदका लागि महिला समूहतर्फ १६, दलित समूहतर्फ ५, अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक समुदाय समूहतर्फ ५ र अन्य समूहतर्फ १९ उम्मेदवार रहेका छन् ।

jackson ribon