‘लप्पन छप्पन २’ को टिजर सार्वजनिक (भिडियोसहित)

विराटनगर २५ पुस । चर्चित अभिनेता सौगातको मल्लको मुख्य भूमिका रहेको फिल्म ‘लप्पन छप्पन २’ को टिजर सार्वजनिक भएको छ ।

युट्युबमार्फत सार्वजनिक गरिएको टिजरमा फिल्मका मुख्य अभिनेताहरूका साथै एक्सन र सस्पेन्स देखाइएको छ ।

नयाँ वर्षमा ५ बैशाखमा प्रदर्शन हुने भएको फिल्मलाई मुकुन भट्टले निर्देशन गरेका हुन् । फिल्ममा सौगातका साथ अर्पण थापा, अनुपविक्रम शाही, शिव श्रेष्ठ, नम्रता श्रेष्ठ, केरोलिन कोलिन्डा, देव कुमार, सुरविना कार्की, सृजना सिनाललगायतकाको अभिनय छ ।

इपी एजुकेशन अष्ट्रेलिया र गोल्डेन हिल्स् पिक्चरको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गर्ने छन् । फिल्मको कथा, पटकथा र संवाद निर्देशक भट्टसँगै अमित शर्मा र विवेक पाण्डेले लेखेका छन् ।

छप्पन छप्पन’ मा शीर्ष भूमिका निभाएका वर्षा शिवाकोटी, दयाहाङ राई लगायत फिल्ममा छैनन् । फिल्मको नाम र कलाकार दोहोरिए पनि फिल्मको कथा बेग्लै हुने निर्माण टिमको दाबी रहेको छ ।

पुरुषोत्तम प्रधानको छायाङ्कन रहने फिल्ममा निर्मातामा चिज कुमार श्रेष्ठ र प्रजापति सिवाकोटी, सहनिर्मातामा सोनु गुरुङ श्रेष्ठ र खिलेन्द्र तिम्सिना, कार्यकारी निर्मातामा प्रकाश कुँवर र निर्मल कुमार मिश्र रहेका छन् ।

Loading...