birat ribon

३६ वर्षदेखि साङ्गलोमा बाँधिएका मानसिक रोगीको उद्दार

Neuro
३६ वर्षदेखि साङ्गलोमा बाँधिएका मानसिक रोगीको उद्दार

इटहरी २५ पुस । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमको टोलीले ३६ वर्षदेखि साङ्गलोमा बाँधेर राखेका एक पुरुषको उद्दार गरेको छ ।

इटहरी २० का ५३ वर्षीय डिकबहादुर खडकाको उद्दार गरी उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको हो ।

cura insider

उपमहानगरका स्वास्थ्यकर्मीको टोली सहित पुगेको टोलीले खड्काको उद्दार गरी उपचार गर्न धरान लगिएको छ । धेरै वर्षअघि उपचारको प्रयास गरेपनि नभएपछि थेग्न नसकेर वाँधेर राखिएको परिवारजनले बताए ।

खडका मानसिक बिरामी रहेका कारण बाँधेर राख्नुपरेको परिवारजनले बताए । २०३६ सालमा लडेर बेहोस भएपछि उनलाई मानसिक समस्या देखिएको इटहरी अस्पतालका स्वास्थ्यकर्मी रामकुमार धमलाले बताए ।

खडकाको निशूल्क उपचारका लागि इटहरी उपमहानगरले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सिफारिस गरेको छ । तत्कालको खर्चका लागि उपमहानगरको तर्फवाट १० हजार प्रदान गरिएको छ ।

jackson ribon