birat ribon

प्रदेश एक फुटबल संघ अध्यक्षमा किशोर राई

Neuro
प्रदेश एक फुटबल संघ अध्यक्षमा किशोर राई


विराटनगर २५ पुस । प्रदेश नम्बर एक फुटबल संघको अध्यक्षमा किशोर राई सर्वसम्मत चयन भएका छन्।
अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिंग शेर्पाको उपस्थितीमा सुनसरीको धरानमा शुक्रबार राईलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरिएको हो ।

एन्फा विधानको परिच्छेद ४ को धारा २१ दफा ग अनुसार प्रदेश एक फुटबल संघमा अध्यक्ष राईसहित १९ जनाको कार्यसमिति चयन भएको छ ।

cura insider

एन्फाका अध्यक्ष शेर्पाले नवगठित टोलीले मोफसलमा फुटबलको जग थप बलियो बनाउने अपेक्षा गरेको बताए। प्रदेश कमिटिले फुटबलको विकाससंगसंगै जिल्ला र केन्द्रबीच पुलको काम समेत गर्नु पर्ने उनको भनाइ छ ।

अध्यक्ष किशोर राईले प्रदेश एकमा ६ महिनाको अवधीमा एन्फा मातहतमा रहेका ११ जिल्लाको समावेशी विधान निर्माणमा जोड दिने बताए।

कार्यसमितिमा भोजपुरका प्रविण सुवाल, मोरंगका दिपक श्रेष्ठ, पाँचथरका सुरेश शाह र गणेश राई उपाध्यक्ष रहेकाछन्। त्यसैगरि, संघको महासचिवमा झापाका भागिरथ आले र कोषाध्यक्षमा प्रदीप श्रेष्ठ रहेकाछन्। संघको सचिवमा सुनसरीका नविन राई चयन भए ।
कार्यसमितिमा महिलातर्फ लिला सुब्बा र आशा राईसहित १० सदस्य रहेकाछन्।

jackson ribon