birat ribon

केनले चार महिना मैदानबाहिर बस्नुपर्ने

Neuro
केनले चार महिना मैदानबाहिर बस्नुपर्ने

एजेन्सी, २५ पुस । इंग्लिस क्लब टोटनह्याम हटस्परका स्टार ह्यारी केनले चार महिना मैदानबाहिर बस्नुपर्ने भएको छ । टोटनह्यामले आफ्ना कप्तान केनले करिब चार महिना मैदानबाहिर बस्नुपर्ने जनाएको छ ।

aaa

टोटनह्यामका अनुसार ह्यामस्ट्रिङको चोटका कारण उनको शल्यक्रिया गर्नुपर्ने भएपछि उनले अप्रिलसम्म मैदानबाहिर रहनु पर्नेछ । अब उनी अप्रिलमा ट्रेनिङमा फर्किनेछन् । क्लबका अनुसार सन् २०२० को युरोकप सुरु हुनु दुई महिनाअघि मात्र उनी मैदान फर्किनेछन् ।

cura insider

यसबीचमा केनले च्याम्पियन्स लिगको अन्तिम १६ मा जर्मन क्लब आरबी लिपजिगविरुद्वको खेल पनि गुमाउनेछन् । इंग्ल्याण्डका कप्तानसमेत रहेका केन नयाँ वर्षको दिन नै घाइते हुन पुगेका थिए । २६ वर्षीय केनले साउथह्याम्टनविरुद्व खेल्ने क्रममा चोट बोकेका थिए ।

jackson ribon