birat ribon

सवारी ज्यान मुद्दामा दोषी ठहर भएका फरार पक्राउ

Neuro
सवारी ज्यान मुद्दामा दोषी ठहर भएका फरार पक्राउ

विराटनगर २५ पुस । सवारी ज्यान मुद्दामा अदालतले दोषी ठहर गर्दै दुई वर्ष कैद सजायको फैसला सुनाइएका एक व्यक्ति मोरङको कानेपोखरीबाट शुक्रबार बिहान ५ बजे पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय पथरीको टोलीले कानेपोखरी गाउँपालिका–४ का ३८ वर्षीय भोलाबहादुर धिमाललाई पक्राउ गरेको हो । पथरीका डीएसपी दिलिप गिरीले अदालतले दोषी ठहर गरे पनि फरार रहेका धिमाललाई कानेपोखरी चोकबाट पक्राउ गरिएको बताए ।

cura insider

धिमाल विरुद्ध जिल्ला अदालत चितवनले सवारी ज्यान मुद्दामा २०६३ साल कात्तिक २६ गते दुई वर्ष कैदको फैसला सुनाएको थियो । घटनाअनुसार काठमाडौंबाट झापाको काँकडभिट्टा आउँदै गरेको उनले चलाएको बा १ ज ८९९४ नम्बरको माइक्रो बस र सडकमा गुडिरहेको ट्रक चितवनको भण्डारामा ठोक्किको थियो ।

अनियन्त्रित भएर विपरित दिशामा पुगेको माइक्रोले ट्रकलाई ठक्कर दिँदा २०६२ साल भदौ २५ गते माइक्रोमा सवार दुई जनाको मृत्यु भएको थियो । घटनापछि माइक्रो चालक फरार भएका हुन् ।

खुट्टा भाँचिएर उनी पनि गम्भीर घाइते भएका थिए । उनको चितवनको भरतपुर र काठमाडौंमा एक वर्षसम्म उपचार भए पनि प्रहरीले भेउ पाएन ।

प्रहरीले माइक्रो चालकलाई फरारको सूचीमा राखेर सवारी ज्यान मुद्दा चलाएको थियो । धिमाललाई प्रहरीले शुक्रबार नै जिल्ला अदालत मोरङमा पेस गरेको छ ।

jackson ribon