birat ribon

मालीमा आक्रमणमा परी १८ शान्ति सेना घाइते

Neuro
मालीमा आक्रमणमा परी १८ शान्ति सेना घाइते

माली २५ पुस । संयुक्त राष्ट्रसंघको तर्फबाट शान्ति स्थापनाका लागि खटिएका १८ शान्ति सेना घाइते भएका छन् ।

मालीको दक्षिणी क्षेत्रमा खटिएका शान्ति सेना बिहीबार घाइते भएका राष्ट्रसंघले जनाएको छ ।

cura insider

“संयुक्त राष्ट्रसंघको तर्फबाट शान्ति मिसनमा पठाइएका शान्ति सेना बसेको सैन्य शिविरमा शुक्रबार बिहान आक्रमण भएको खबर आएको छ, किडाल क्षेत्रको तेस्सालितमा रहेको शिविरमा आक्रमण भएको हो,” प्रवक्ता स्टेफन डुजार्रिकले बताए ।

सो मिसनमा माली र अन्तर्राष्ट्रिय सुरक्षा फौजका सुरक्षाकर्मीहरु खटिएको पनि उनले जानकारी दिए । उनलले प्रारम्भिक विवरणमा १८ शान्ति सेना घाइते भएको जानकारी आएको र अन्य विवरण आउने क्रममा रहेको बताए ।

jackson ribon