birat ribon

पाम आयल : जोखिम अध्ययन नगरी लगानी, प्रतिबन्धपछि पछुतो !

Neuro
पाम आयल : जोखिम अध्ययन नगरी लगानी, प्रतिबन्धपछि पछुतो  !


विराटनगर, २५ पुस । भारतले बिदेशबाट पाम आयल(तेल) आयातमा प्रतिबन्ध लगाएपछि नेपाली अर्बाैको लगानी जोखिममा परेको छ ।

पाम तेल आयातमा खुकुलो निति लिएको भारतीय बजारमा एक वर्षयता नेपाली व्यावसायीले निर्यात बढाएका थिए । छोटो समयमा ठूलो लगानी गर्दै निर्यात थालेका उद्योगीहरु भारतले एक्सकासी चालेको कदमका कारण ठूलो क्षति पुगेको बताउँछन् ।

cura insider

नेपालका उद्योगहरु ‘फूल फेज’मा चलिरहेको अवस्थामा एक्कासी भारतको प्रतिबन्धले समस्या भएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अभिनास बोहरा बताउँछन् ।

ठूलो बजार भएका कारण भारतमा पाम तेलको माग उच्च छ । भारतीय बजारलाई लक्षित गर्दै विराटनगरमा पाँच वटा उद्योग सञ्चानमा छन् । ती उद्योगहरुले पछिल्लो एक वर्षयता निर्यातलाई बढाएको पाम तेल निर्यात गर्दै आएका उद्योगी विपिन काबरा बताउँछन् । चलिरहेको व्यावसायमा एक्कासी ब्रके लागेका कारण लगानी जोखिममा परेको उनको भनाई छ ।

भारतीय बजारकाे अध्ययन नगरी नेपालमा प्लान्ट खुलेका कारण प्रतिबन्ध पछि लगानी जाेखिममा परेकाे हाे ।

विराटनगर भन्सारबाट पछिल्लो पाँच महिनामा(साउन–मंसिर) ६ अर्ब ४२ करोड भन्दा बढी मुल्य बराबरको पाम आयल निर्यात भएको छ । भन्सार कार्यालय विराटनगरका प्रमुख शिवप्रसाद भण्डारीका अनुसार पछिल्लो पाँच महिनामा ६ अर्ब ४२ करोड ९२ लाख मुल्य बराबरको ६ हजार २ सय ३३ मेट्रिकटन पाम ओइल निर्यात भएको हो । सोही अवधीमा ५ हजार ६ सय ९० मेट्रिकटन कच्चा पाम तेल आयात भएको छ ।

पाम आयल उद्योग सञ्चालन गरिरहेका उद्योगी अभिनास बोहराका अनुसार भारतको प्रतिबन्धले नेपालको व्यापार घाटालाई ठूलो प्रभाव पर्नेछ । एक वर्षयता निर्यात राम्रो भएका करण नेपालका उद्योगहरु फूलफेजमा चलेका थिए । निर्यातको व्यावसायमा पाम तेलको योगदान पनि उच्च छ ।

भारतमा माग उच्च भएका कारण उद्योगीहरुले लेटरअफ क्रेडिट (एलसी) खोलेका ठूलो मात्रामा कच्चा पदार्थ आयात गरिरहेका थिए । ती मध्ये धेरै सामाग्री नेपाल आउने क्रममा रहेको उद्योगी काबराले बताए ।

भारतको प्रतिबन्धपछि तयारी बस्तु र कच्चा पदार्थको मार्केटमा अन्योलता छाएको छ ।

विराटनगरमा स्वस्तीक ओइल, श्रीराम रिफाइनरी, क्वालिटी आयल, बाबा भेजिटेबल र पशुपति खाद्य तेल उद्योगले पाम ओइल भारत निर्यात गर्दै आएका छन् । ती उद्योगले निकाशीका लागि ठूलो परिणममा सामाग्री तयार पारेका छन् । कच्चा पदार्थ पनि बाटोमा आउने क्रममा रहेका बोहराले बताए ।

मिरगञ्ज पुलका कारण समस्यामा परेका उद्योगीका लागि भारतको प्रतिबन्धकले झन तनाब दिएको काबराले बताए । बैंकको ब्याज तिर्नेबेला उद्योगमा आएको बताउँदै उनले राज्यले भूमिका नखेले ठूलो लगानी जोखिममा पर्ने बताए । सरकारले तत्काल पहल गर्नुपर्ने उनको भनाई छ ।

परनिर्भरता दिर्घकालिन हुँदैन्

पाम तेलका लागि तेस्रो तुलुकबाट कच्चा पदार्थ ल्याएर नेपालमा प्रसोधन गरी भारत निर्यात गरिदै आएको थियो । ब्यापार घाटा कम गर्न भूमिका खेलेपनि नेपालको राजस्वमा पाम तेलको ठूलो योगदान नरहेको अर्थशास्त्री डाक्टर अर्जुन बराल बताउँछन् ।

उनका अनुसार भारतको प्रतिबन्धले नेपालका व्यावसायी र बैंकहरुको लगानी जोखिममा परेको छ । स्वदेशी कच्चा प्रदार्थ प्रयोग गर्ने उद्योगलाई प्राथमिकता दिनुपर्ने बताउँदै उनी बाहिरबाट आएर बाहिरै निर्यात गर्ने व्यापार दिर्घकालिन नहुने बताए ।

पाम आयलको कच्चा पदार्थ आयातमा भन्सार छुट दिएको छ । आयत गर्दा १० प्रतिशत बैंक ज्ञारेन्टी राख्नुपर्ने प्रावधान छ । आयात गरेको एक वर्ष भित्र निर्यात गरे व्यावसायीले थप सुविधा प्राप्त गर्नेछन् । यदी निकासी नगरेको अवस्थामा ज्ञारेन्टीको १५ प्रतिशत जरिवाना पर्छ । चालू आवको पाँच महिनामा नेपालले ११ अर्ब ५५ करोड रुपैयाँको पाम तेल भारतमा निकासी गरेको भन्सार विभागको तथ्याङकमा उल्लेख छ ।

इन्डोनेसिया र मलेसीयाबाट कच्चा पाम तेल आयात गरी नेपालका उद्योगले प्रसोधन गरी भारत निर्यात गर्दै आएका छन् ।

jackson ribon