birat ribon

प्रदेश ३ को नाम ‘वाग्मती’ राजधानी ‘हेटौँडा’ राख्ने नेकपा संसदीय दलको निर्णय

Neuro
प्रदेश ३ को नाम ‘वाग्मती’ राजधानी ‘हेटौँडा’ राख्ने नेकपा संसदीय दलको निर्णय

हेटौडा, २५ पुस । प्रदेश ३ को राजधानी हेटौडा राख्ने नेकपा संसदीय दलले निर्णय गरेको छ । प्रदेश ३ को नेकपा संसदीय दलले प्रदेश नं ३ को नाम ‘वाग्मती’ र स्थायी राजधानी हेटौँडालाई राख्ने निर्णय गरेको हो ।
प्रदेश ३ को अस्थायी राजधानी हेटौडालाई तोकिएको थियो । पार्टी सचिवालयको निर्देशन पछि प्रदेश ३ को संसदीय समितिले नाम र राजधानीको टुंगो लगाएको हो । पार्टी सचिवालयको निर्णयलाई नै एक भएर पास गराउने निर्णय भएको नेकपा प्रदेश नं ३ का इन्चार्ज अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।

cura insider

विगतमा प्रदेशसभा सदस्यहरुले आ–आफ्नो हिसाबले मन्तव्य र विचार व्यक्त गरेको भए पनि एक भएर राजधानी र नामकरण टुङ्ग्याउने सहमति भएको उनको भनाई छ । दलको निर्णयअनुसार नै मतदान हुने हुँदा ‘ह्वीप’ वा दण्डको डर वा त्रास देखाउने अवस्था नरहेको उनले बताइन् ।

मुख्यमन्त्री डोरमणि पौडेलले संसद्मा एउटा मात्र प्रस्ताव लैजाने सहमति भएको जानकारी दिए । ‘‘दलको बैठकमा प्रदेशसभा सदस्यको धारणा सुनेपछि संसद्मा राजधानी हेटौँडा र नाम वाग्मती मात्र प्रस्ताव पेश गर्ने निर्णय सर्वसम्मत भएको छ’’, मुख्यमन्त्री पौडेलले भने ।’

राजधानी र नाममा एउटा–एउटा मात्र प्रस्ताव पेश गर्न राखिएको प्रस्ताव सर्वसम्मतरूपमा पास भएको उनले बताए । २७ पुसमा प्रदेश नं ३ ले स्थायी राजधानी मकवानपुरको हेटौँडा र नाम वाग्मती पाउने पौडेलको भनाइ छ ।
विकासलाई विस्तार गर्नुपर्छ भन्ने अवधारणाका साथ र दीर्घकालीन सोचका साथ हेटौँडालाई नै राजधानी र नाम वाग्मती राख्ने निर्णय भएको नेकपा प्रदेश नं ३ का अध्यक्ष नारायण दाहालले जानकारी दिए ।

प्रदेशसभामा नेकपाका ८०, नेपाली काँग्रसका २२, विवेकशील नेपालीका तीन, राप्रपाका एक, राप्रपा ९संयुक्त०का एक र नयाँ शक्तिका एक सदस्य छन् । रासस

jackson ribon