visit-nepal

मनमोहनलाई ‘सेल्टर’ दिने मजदूर योद्धाको निधन

भद्रपुर, २५ पुस । झापाली मजदूर नेता सतालसिंह राजवंशीको निधन भएको छ । पञ्चायतविरुद्ध आन्दोलन गरेका नेपालका कम्युनिष्ट नेतालाई ‘सेल्टर’ दिने मेचीनगर–१५ ज्यामिरगढीका ७६ वर्षीय राजवंशीको निधन भएको हो ।

झापा विद्रोहअघि र पछि नेपालका कम्युनिष्ट नेता मनमोहन अधिकारी, सिपी मैनाली, राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी, मदन खपाङ्गीलगायतलाई सतालसिंहले त्यसबेला आफ्नै घरमा सेल्टर दिएर राख्ने गरेको नेकपा नेता भीम खवास बताए ।

सेल्टर दिएबापत कयौँपटक हिरासत, भूमिगत र निर्वासन जीवन भोग्नुभएका सतालसिंह बिरामी हुनअघिसम्म जीविकाका लागि धुलाबारी बजारमा पुरानो मोडलको पाइडल रिक्सा चलाएका थिए ।

घाँटीमा ट्युमर भएका उनको ६ महिना अघिमात्र क्यान्सर भएको पत्ता लागेको छ । सतालसिंहका छोरा विनोद, गणेश, शनि र दिलकुमार तथा छोरी जल, अन र लिल राजवंशी छन् ।रासस

Loading...