visit-nepal

किशोरी बलात्कारको आरोपमा एकजना पक्राउ

पाँचथर, २५ पुस । पाँचथरको मिक्लाजुङ गाउँपालिका ४ मा एक किशोरी बलात्कृत भएकी छिन् । करणीमा संलग्न भएको भन्दै मिक्लाजुङ गाउँपालिका–४ का स्थानीय ५७ वर्षीय कृष्णबहादुर गहतराज पक्राउ परेका छन् ।

१९ पुसमा ओछ्यानमा सुतिरहेका बेला झ्यालबाट छिरेर बलात्कार गरेको आरोपमा गहतराज पक्राउ परेका हुन् । गहतराजलाई २१ पुसमा पक्राउ गरी यौन दुव्र्यवहारमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थपिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए ।

पीडित किशोरीको अहिले जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ ।रासस

Loading...