visit-nepal

सार्वजनिक शौचालय निर्माण गर्दै विराटनगर


विराटनगर, २५ पुस । विराटनगर महानगरपालिकाले २० वटा सार्बजनिक शौचालय निर्माण गरिने गर्ने भएको छ । सार्वजनिक शौचालयको अभाव हुन थालेपछि महानगरले शौचालय निर्माण गरेको हो ।

विराटनगर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले सार्वजनिक शौचालय निर्माण गर्न लागेको बताए । एउटा शौचालय निर्माण गर्दा २० लाखसम्म खर्च हुने उनले बताए ।

महानगरपालिकाले शौचालयका लागि ७५ लाख बजेट विनियोजन गरेको उनले बताए ।

सार्वजनिक शौचालय निर्माण गर्दा लाग्ने खर्च अपुग हुने देखिएकाले अन्य सङ्घसंस्थासँग साझेदारी गरेर भए पनि सम्भवतः चालू आर्थिक वर्षमै निर्माण गरिने प्रमुख अधिकारीले जानकारी दिए ।रासस

Loading...