birat ribon

अबैध उत्खननको विरोध गर्दा युवकको हत्या, विराेधमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

Neuro
अबैध उत्खननको विरोध गर्दा युवकको हत्या, विराेधमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

Padelux insider
cura insider

धनुसा, २५ पुस । अवैध गिट्टी बालुवा उत्खनन्‌को विरोध गर्दा धनुसामा एक युवकको टिपरले किचेर हत्या भएको छ । धनुषाको औरही खोला उत्खनन्‌को विरोध गर्दा मिथिला नगरपालिका–५ श्रीपुर बस्ने २४ वर्षीय दिलीपकुमार महतोको टिपरले किचेर हत्या भएको हो ।

उत्खननको विरोध गर्दै स्थानीय प्रशासनसम्म पुगेका महतोलाई शुक्रबार बिहान औरही खोलामा ना ७ ख ६४१३ नम्बरको ट्रिपरले जवरजस्ती किचेको स्थानीयकाे आराेप छ । साथी रोशन यादवसँग खोलामा पुगेका उनलाई जरवजस्ती टिपरले किचेको विराेधमा स्थानीयबासी आन्दाेलित भएका छन् ।

घटना पछि इलाका प्रहरी कार्यालय ढल्केवर टिपर नियन्त्रणमा लिएको छ । घटनाको प्रकृति हेर्दा नियोजित रुपमा ट्रिपरले किचेर दिलिपको हत्या गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले बताए।

घटनापश्चात् ट्रिपर चालक फरार रहेको यादवले बताए । घटनाको विरोधमा गाउँलेले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। मिथिला नगरपालिका ५ श्रीपुर रामलक्ष्मण चोकमा स्थानीयले टायर बालेर राजमार्ग अवरुद्ध गरेका हुन् ।

jackson ribon