birat ribon

भाइको हत्या गरी फरार रहेका दाइ पक्राउ

Neuro
भाइको हत्या गरी फरार रहेका दाइ पक्राउ

इलाम २५ पुस । इलामको सुर्योदय नगरपालिका १२ आठघरेमा दाजुभाइबीचको झगडा तथा कुटपिटमा भाइको मृत्यु भएपछि फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

२० पुस राती स्थानीय ४८ वर्षीय रामबहादुर रसाइली र ४६ वर्षीय हर्कबहादुर रसाईलीबीच मादक पदार्थ सेवन गरि झगडा हुँदा रामबहादुरको मृत्यु भएको थियो ।

cura insider

दाजु रामबहादुरले भाइ हर्कबहादुरलाई कुटपिट गर्दा उनको मृत्यु भएको थियो । कुटपिटबाट भाइको मृत्यु भएपछि फरार रहेका रामबहादुर रसाइलीलाई बिहीबार झापाको काकड्भिट्टाबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ।

jackson ribon