birat ribon

यसकारण हुन्छ नवजात शिशुमा जन्डिस

Neuro
यसकारण हुन्छ नवजात शिशुमा जन्डिस

विराटनगर २५ पुस । नवजात शिशुमा जन्मिएको केही घण्टाभित्र जन्डिस देखापर्न सक्छ । यस्तो जन्डिसलाई सामान्य रुपमा लिने गरिन्छ । सामान्य जन्डिस भएका शिशुलाई बिहानको घाममा केहिबेर राखेमा आफै निको भएर जाने गर्छ ।

तर, जन्डिसको मात्रा बढेको छ भने डाक्टरको परामर्श लिएर फोटोथेरापी मेसिनमा राखेर घटाउन सकिन्छ । यो अवस्थासम्म पनि जन्डिसलाई सामान्य नै मान्ने गरिन्छ ।

cura insider

जन्डिसको मात्रा निकै उच्च हुँदै बच्चालाई ज्वरो आएमा, दुध नखाएमा भने रगतको परीक्षण गर्नु आवश्यक हुनसक्छ । यस्तो अवस्थाको जन्डिसमा शिशुलाई ज्वरो आउने, दुध चुस्न नमान्ने, बान्ता हुने लगायतका लक्षणहरू देखा पर्ने गर्छन् ।

जन्डिसको अवस्था अनुसार उपचार गर्नुपर्ने भएकाले लक्षण देखिनासाथ नवजात शिशुलाई अस्पताल लगी डाक्टरको परामर्श अनुसार उपचार सुरु गर्नुपर्छ ।

शिशुमा हुने जन्डिस औसतमा २० दिनसम्म रहन सक्छ । तर, जन्डिसको मात्रा घट्दै जानुपर्छ । यदि दुई साताभन्दा बढि भइसकेपछि पनि जन्डिसको मात्रा नघटेको खण्डमा डाक्टरको थप परामर्श लिनु पर्छ ।

कतिपय अवस्थामा शिशुमा एन्जाइमको अभावले पनि जन्डिस देखिन सक्छ र दुई सातापछिसम्म जन्डिस रहिरहेमा वा फोटोथेरापीले पनि घटाउन नसकेमा कलेजो फेर्नुपर्ने अवस्था समेत आउन सक्छ । यस्तो जन्डिस लामो अवधिसम्म रहने गर्छ ।

jackson ribon