birat ribon

यूक्रेनको विमान इरानले मिसाइल हानेर झारेको आरोप

Neuro
यूक्रेनको विमान इरानले मिसाइल हानेर झारेको आरोप

विराटनगर (एजेन्सी) २५ पुस । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले युक्रेनको यात्री विमानलाई इरानले मिसाइल हानेर झारेको बताएका छन् । यसको प्रमाण समेत रहेको उनको भनाइ छ ।

Padelux insider
cura insider

क्यानडा र ब्रिटेनका नेताहरुले विमान दुर्घटनाको पुरा जाँच गर्न माग गरेका छन् । बुधबार यूक्रेनका एक यात्री विमान इरानको राजधानी तेहरान विमानस्थलबाट उडान भर्नेवित्तिकै दुर्घटना भएको बताइएको थियो । विमानमा सवार १७५ जनाकै मृत्यु भएको थियो ।

जस्टिन ट्रूडोले सुत्रको हवला दिँदै यूक्रेनको यात्रुवाहक विमान इरानमा मिसाइलले हानेर दुर्घटना भएको बताए । उनले यस्तो जानिबुझि नभइ गल्तीले भएको हुनसक्ने बताए ।

प्रधानमन्त्री ट्रुडोले विमान दुर्घटनाका विषयमा पुरा जाँच हुनु पर्ने बताए । क्यानडाका नागरिकको मनमा अनेक सवाल आएको भन्दै उनले यसको चित्तबुझ्दो जवाफ चाहिएको बताए ।

ट्रूडोले कसैलाई आरोप लगाउने वा नतिजामा पुग्नु अहिले नै हतार हुने भन्दै प्रमाणका विषयमा भने केही खोल्न मानेनन् । मिानमा क्यानडाका ६३ जना नागरिक सवार थिए ।

उता अमेरिकी अधिकारीहरुले भने यूक्रेन इन्टरनेसनल एयरलाइन्सको बोइङ विमान इरानले मिसाइल हानेर झारेको विश्वास व्यक्त गरेको अमरिकी न्यूज च्यानल सीबीएसले जनाएको छ ।

इरानले यो आरोपलाई अफवाह भनेको छ । तर यूक्रेनले संयुक्त राष्ट्र संघमा विमान दुर्घटनाको विषयमा विना शर्त जाँचको माग गरेको छ ।

यूक्रेनले मिसाइल लागेर विमान दुर्घटना भएको हुन सक्ने भन्दै जाँच गरिरहेको बताएको थियो । इरानले इराकमा रहेको अमेरिकी सैन्य क्याम्पमा मिसाइल हमला गरिरहेको बेला यूक्रेनको विमान दुर्घटना भएको थियो ।

jackson ribon