पत्रपत्रिकामा देश : मध्यपूर्वमा युद्ध भए ११ लाख नेपाली जोखिममा

विराटनगर २५ पुस । इरान र अमेरिकाबीच तनाव बढ्दै गए मध्यपूर्वमा रोजगारीको सिलसिलामा रहेका ११ लाख नेपालीको जोखिममा पर्ने भएका छन् ।

इराक लगायतका मुलुकमा रहेका नेपाली अहिलेसम्म सुरक्षित रहेपनि संकट बढ्दै गए अवस्था गम्भीर हुन सक्छ ।

उनीहरुको उद्दारमा तयारी अवस्थामा बस्नु पर्ने सरकारले निष्कर्ष निकालेको छ । मध्यपूर्वमा रहेका नेपालीको उद्धार गर्न नेपाल वायू सेवा निगमको जहाज तयारी हालमा राखिने निर्णय परराष्ट्र मन्त्रालयमा बिहीबार भएको बैठकमा सहभागीहरुले बताए ।

बैठकमा परराष्ट्रसहित, प्रधानमन्त्रीको कार्यालय, श्रम, रक्षा, संस्कृती तथा पर्यटन, अर्थ, गृह मन्त्रालयका अधिकारी, नेपाली सेना, वैदेशिक विभागका अधिकारी सहभागी थिए ।

नेपाल सरकार पछिल्लो परिस्थितिपछि सतर्क रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताए ।

यस्तै इराकमा रहेका नेपाली उद्धारका लागि तयारी अवस्थामा रहेको वायु सेवा निगमका प्रवक्ता गणेशबहादुर चन्दले बताए । उनले आवश्यक परे कुनैपनि बेला खटिन सक्ने बताए । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।

कान्तिपुर दैनिकमा ‘निजी क्षेत्रको मनोबल टुट्न दिन्नौं’ शिर्षकमा छापिएको मुख्य खबरमा सत्तारुढ दलका नेता र सरकारका उच्च अधिकारीले प्रतिबद्धता जनाएको खबर छ ।

काठमाडौंमा बिहीबार कान्तिपुर दैनिकले आयोजना गरेको कान्तिपुर इकोनोमिक समिट २०२०मा सत्तारुढ दल नेकपा नेता, बहालवाला तथा पूर्वअर्थमन्त्रीहरु, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु र सरकारका उच्च अधिकारीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले तीन तहकै सरकारले निर्धारण गरेको करका कारण निजी क्षेत्रले असहज महसुस गरेपनि अब त्यस्तो नहुने बताए ।

‘ प्राधिकरणले खारेज गर्छ, मन्त्रिपरिषदले ब्युँताउँछ’ शिर्षकमा अन्नपूर्ण पोष्टको मुख्य पृष्ठमा खबर छ ।

लाइसेन्स खारेजीमा परेका तीन दूरसञ्चार सेवाप्रदायक कम्पनीलाई मन्पिरिषदले ब्युँताएको छ । बर्षाैंसम्म राजश्व नतिरेको कम्पनीलाई नै सरकारले पुनर्जीवन दिएको हो ।

टेलिकम क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले लाइसेन्स खारेज गरेको स्मार्ट टेलिकम, नेपाल स्याटेलाइट र बेवसर्फर नेपाल कम्युनिकेसन सिस्टमलाई ५ किस्तामा बक्यौता तिर्न सुविधा दिएको छ ।

Loading...