birat ribon

पत्रपत्रिकामा प्रदेश : अन्यौलमा प्रदेश नामाकरण

Neuro
पत्रपत्रिकामा प्रदेश : अन्यौलमा प्रदेश नामाकरण

विराटनगर २५ पुस । प्रदेशसभा बैठक बसेको डेढ वर्ष पुग्दापनि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई तिहाईको सरकारले प्रदेश १ को नामाकरण गर्न सकेको छैन् ।

ब्लाष्ट टाइम्समा मुख्य खबरमा गत बैशाखमा प्रदेशको राजधानी तोकेपनि नाममा भने अझै अन्योल रहेको समाचार छापिएको छ । मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार धु्रव सुवेदीले संसदको आगामी अधिवेशनमा प्रदेशको नाम टुंगो लाग्ने बताए ।

cura insider

संस्कृतीविद् डा. सोमप्रसाद खतिवडाले प्रदेशको नामाकरणमा ढिलाई भइरहेको बताए । उनले प्रदेश सरकारले नामको विषयमा बखेडा नगरी कोशी राख्नु पर्ने सुझाव दिए ।

प्रदेश १ का नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले प्रदेश सरकारले नामको विषयमा अहिलेसम्म छलफल पनि नगरेको बताए । उनले अबको अधिवेशनमा नामाकरणको सवालमा कांग्रेस कडा रुपमा प्रस्तुत हुने चेतावनी दिए ।

प्रदेश १ को नाम के राख्ने भन्ने विषयमा विभिन्न राजनीतिक दल तथा प्रदेशमा सकृय संगठनहरुले प्रदेश सभालाई सुझाव दिन थालेका छन् । कोशी, किराँत, लिम्बुवान, खम्बुवान आदी प्रदेशका नाम सुझाव आएका छन् ।

भोजपुर जिल्लामा यातायात सेवा जोडिएको दशक पुग्दापनि अझै खच्चडकै भरमा ढुवानी गर्नु पर्ने बाध्यता रहेको समाचार नागरिकको पूर्वेली पृष्ठमा छापिएको छ । भोजपुरका दुर्गम क्षेत्रमा अझैपनि खच्चडकै भरमा ढुवानी हुने गरेको छ ।

साल्पासिलिछो ५ र दोभानेका सबै ठाउँमा सडक नपुग्दा खच्चड भरपर्दाे ढुवानीको साधन बनेको छ । सानो गोरेटो बाटोमा दैनिक सयौँ भरिया, खच्चडको लस्कर अझै देखिन्छ ।

प्रयोगशाला प्रयोगविहीन शिर्षकमा उद्घोष दैनिकमा खबर छ । संघीय सरकारले मान्यता नदिँदा प्रदेश १ सरकारले स्थापना गरेको विषादी अवशेष दू्रत अन्वेशण प्रयोगशाला प्रयोगविहीन जस्तै भएको छ । प्रदेश सरकारको मन्त्रिपरिषदबाट नै निर्णय गरेर पठाएपनि संघीय सरकारले बेवास्ता गर्दा प्रयोगशालाले मान्यता पाउन नसकेको हो ।

विराटनगरमा रहेको प्रयोगशालाले मान्यता नपाउँदा हालसम्म झापाको विर्तामोडमा रहेको प्रयोशालाबाट नै काम हुँदै आएको छ ।

यसले गर्दा विराटनगर भन्सारबाट आयात गर्नु पर्ने व्यापारीहरु भने मारमा परेका छन् ।

jackson ribon