birat ribon

बार्सिलोनाका ‘गल्ती’ सम्झिँदै निराश भए मेस्सी

Neuro
बार्सिलोनाका ‘गल्ती’ सम्झिँदै निराश भए मेस्सी

एजेन्सी, २५ पुस । बार्सिलोनाका कप्तान लियोनल मेस्सी सुपरकोपाको खेलमा एथ्लेटिको मड्रिडसँग पराजित भएपछि निराश भएका छन् । सुपर कपअन्तर्गत साउदी अरेबियामा भएको सेमिफाइनल खेलमा पराजित भएपछि बार्सिलोनाको गल्ती सम्झिँदै कप्तान मेस्सी निरासिएका हुन् ।

a

बिहीबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिको मड्रिडसँग २–३ गोलले पराजित भयो । साउदी अरेबियास्थित किङ अब्दुल्लाह स्पोर्ट्स स्टेडियममा भएको उक्त खेलमा एथ्लटिकोलाई जिताउन कोके, अल्भारो मोरोटा र एन्जल कोरेर्राले समान एक–एक गोल गरे । यता, बार्सिलोनाका लियोनल मेस्सी र एन्टोइन ग्रिजम्यानले एक–एक गोल गरे ।

cura insider

हारसँगै सर्वाधिक १३ पटकको विजेता टोली बार्सिलोना यो पटक सेमिफाइनबाटै घर फर्कियो भने एथ्लेटिकोले फाइनलमा रियल मड्रिडसँग उपाधिका लागि खेल्ने भयो । यस खेलपछि पत्रकारसँग बोल्दै मेस्सीले आफ्नो टिमको प्रदर्शनप्रति दु:ख पोखे । उनले यो हार लज्जास्पद भएको बताए ।

‘यो लाजमर्दो कुरा हो,’ उनले पत्रकारसँग भने, ‘हामीले राम्रो खेल्यौँ । लामो समयपछि केही सुखद हुँदैथियो । हामी नियन्त्रणमै थियौं, खेलको पूरै समय आक्रमण गरिरहेका थियौं । तरपनि हामीले केही गल्तीहरू गरेका थियौं । एथ्लेटिको हारिसकेको थियो तर खेल सकिन १० मिनेट अगाडि ऊ खेलमा फर्कियो ।’

यसैगरी मेस्सीले आफूहरू फाइनलमा पुग्दै उपाधि जित्ने दाउमा रहेका कारण हार ब्यहोर्नुपर्दा दुःख लागेको सुनाए । उनले भने, ‘यसमा धेरै दुःख लागेको छ किनकी यसको फाइनलमा पुग्दै उपाधि उचाल्ने हाम्रो लक्ष्य थियो । तर, हामीले राम्रो खेल्दाखेल्दै पनि जित निकाल्न सकेनौं । केही बच्चाले गर्ने जस्तो गल्ती गरेका कारण पनि हामीले दुःखी हुनु परेको हो ।’

jackson ribon