birat ribon

बार्सिलोनालाई हराउँदै एथ्लेटिको सुपर कपको फाइनलमा, उपाधिका लागि रियलसँग खेल्ने

Neuro
बार्सिलोनालाई हराउँदै एथ्लेटिको सुपर कपको फाइनलमा, उपाधिका लागि रियलसँग खेल्ने

विराटनगर, २५ पुस । एथ्लेटिको मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनालाई हराउँदै एथ्लेटिको मड्रिडले उपाधि भिडन्त पक्का गरेको हो ।

साउदी अरेबियास्थित किङ अब्दुल्लाह स्पोर्ट्स स्टेडियममा भएको उक्त खेलमा एथ्लेटिकोले बार्सिलोनालाई ३–२ गोलले हरायो । एथ्लटिकोलाई जिताउन कोके, अल्भारो मोरोटा र एन्जल कोरेर्राले समान एक–एक गोल गरे । यता, बार्सिलोनाका लियोनल मेस्सी र एन्टोइन ग्रिजम्यानले एक–एक गोल गरे ।

cura insider

खेलको ४६औं मिनेटमा कोकेको गोलमा एथ्लेटिकोले अग्रता बनाएको थियो । यस्तै खेलको ५१औं मिनेटमा मेस्सीले गोल गरेपछि बार्सिलोना बराबरीमा फर्कियो । खेलको ६२औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई २–१ गोलको अग्रता दिलाए ।

तर, खेलको ८१औं मिनेटमा एथ्लेटिकोले पेनाल्टीको मौका पाएको थियो, जसमा मोरोटाले गोल गर्दै खेल बराबरीमा फर्काए । यस्तै खेलको ८६औं मिनेटमा कोरेर्राको गोलमा एथ्लेटिकोले ३–२ गोलको जित निकाल्यो ।

सर्वाधिक १३ पटकको विजेता टोली बार्सिलोनालाई हराउँदै एथ्लेटिकोले फाइनलमा स्थान बनायो । अब उसले रियल मड्रिडसँग उपाधिका लागि खेल्नुपर्ने छ । बुधबार राति भएको सेमिफाइनलमा रियलले भ्यालेन्सियालाई ३–१ गोलले हराउँदै फाइनलमा स्थान बनाइसकेको छ ।

jackson ribon