birat ribon

३० वर्ष यता विश्वभर सडक दुर्घटना दरमा वृद्धि, मृत्युदर कम

Neuro
३० वर्ष यता विश्वभर सडक दुर्घटना दरमा वृद्धि, मृत्युदर कम

काठमाडौं २४ पुस । तीस बर्षयता विश्वमा सडक दुर्घटनामा वृद्धि भएको छ ।

सडक दुर्घटनाबाट हुने मृत्यु दरमा भने कमी आएको बिहीबार सार्वजनिक विश्वमा घाइते तथा मृत्यु विश्लेषण प्रतिवेदनमा उल्लेख छ ।

cura insider

तथ्याङ्कको पूर्णताका हिसाबले सन् २०१७ लाई पछिल्लो नमूना वर्ष बनाइएको स्वास्थ्य तथ्याङ्क तथा मुल्याङ्कन (आईएचएमई) ले जनाएको छ । संस्थाका अनुसार विश्वमा सडक दुर्घटनाका कारण सो वर्ष वर्ष १२ लाख व्यक्तिको मृत्यु भएको थियो । ५ करोड ४० लाख व्यक्ति घाइते भएका थिए ।

अध्ययनले दुर्घटनामा घाइते हुने पुरूष २५–२९ वर्ष उमेर समूहका रहेका छन् । सडक दुर्घटनामा सोही उमेरका महिलाको मृत्युदर पुरूषको तुलनामा दोब्बर रहेको पनि तथ्याङ्कले देखाएको छ ।

सन् १९९० पछि विश्वमा कार दुर्घटनामा कारण ज्यान गुमाउनेको सङ्ख्या पहिलेको तुलनामा घटेको पाइएको छ । खासगरी मध्य अफ्रिकी गणतन्त्र, जमैका, सोमालिया, स्वाजिल्याण्ड र संयुक्त अरब ईमिरेट्स (यूएई)मा भने यो सङ्ख्यामा वृद्धि भएको छ ।

आईएचएमईका वरिष्ठ लेखक स्पेन्सर जेम्सले सवारी साधनमा गरिएको सुरक्षा व्यवस्था, सडक सुरक्षा, गति नियन्त्रण, सीटवेल्ट र मादक पदार्थ सेवनमा विश्वभर गरिएको कडाइ लगायतका केही कारणले विश्वमा सडक दुर्घटनाबाट हुने मृत्यु दरलाई कम गर्न योगदान पु¥याएको बताए ।

त्यस्तै विश्वमा सडक दुर्घटनाबाट सबैभन्दा बढी ज्यान गुमाउने नागरिक चिनियाँ रहेका र सन् २०१७ मा त्यहाँ कुल दुई लाख ६१ हजार व्यक्तिले ज्यान गुमाएका थिए । तर प्रतिव्यक्ति सडक दुर्घटना दर भने चीनमा कम रहेको देखिएको छ ।

jackson ribon