birat ribon

२२औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस भव्य रूपमा मनाइने

Neuro
२२औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस भव्य रूपमा मनाइने

भक्तपुर २४ पुस । २२औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस भक्तपुरमा भव्य रूपमा मनाइने भएको छ ।

आगामी २ माघमा भक्तपुर दरबारस्क्वायरमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरू र अन्य विशिष्ट व्यक्तिको सहभागितामा भव्य रूपमा दिवस मनाउने निर्णय गरेको छ । दिवसको लागि तयारी शुरु गरेको दिवस व्यवस्थापन उपसमितिले जनाएको छ ।

cura insider

गृह मन्त्रालयको निर्णय अनुसार भक्तपुर नगरपालिकाले भूकम्प सुरक्षा दिवस मनाउने तयारी सुरु गरेको नगरपालिकाका प्रमुख एवं राष्ट्रिय भूकम्प सुरक्षा दिवस व्यवस्थापन उपसमितिका संयोजक सुनिल प्रजापतिले बताए ।

भुकम्प दिवस मनाउन गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा मूलसमारोह समिति र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा उपसमिति गठन भएको छ ।

उपसमितिले भव्य रूपमा दिवस मनाउने गरी तयारी शुरु गरेको हो । दिवसको अवसरमा २ माघमा दिउँसो १२ बजेबाट भक्तपुरका दुई स्थान भनपा १० लामगाल पुखु र भाज्या पुखुबाट एकैसाथ सचेतना ¥याली निकाल्ने भएको छ ।

दुवै ¥यालीमा ब्याण्ड बाजासहित नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, विद्यार्थी, स्काउट, नेपाल रेडक्रस सोसाइटीलगायतको सहभागिता रहने भएको छ । नेपालमा २ माघ १९९० मा गएको भूकम्पलाई स्मरण गर्दै हरेक वर्ष २ माघमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।

jackson ribon