birat ribon

सरकारले विकासको प्राथमिता चिनेन् : वरिष्ठ नेता पौडेल

Neuro
सरकारले विकासको प्राथमिता चिनेन् : वरिष्ठ नेता पौडेल


तनहुँ २४ पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषि, पर्यटन र ऊर्जाबाट देश समृद्धिको बाटोतर्फ अगाडि बढ्न सक्ने बताएका छन् ।

तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा बिहीबारदेखि दमौलीमा शुरु भएको सातौं तनहुँ महोत्सवको उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले सरकारले यी तीन क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी बढाउनुपर्नेमा जोड दिए ।

cura insider

कृषि क्रान्ति, पर्यटन विस्तार र ऊर्जा शक्तिको विकासबाट मात्रै मुलुक समृद्ध हुनसक्ने भएकाले यसतर्फ सरकारले ध्यान दिनुपर्ने वरिष्ठ नेता पौडेलले बताए । यद्यपि वरिष्ठ नेता पौडेलले सरकारले विकासको प्राथमिकता पहिचान गर्न नसकेको बताए । “सरकार अलमलिएको जस्तो देखिएको छ, विकासको प्राथमिकता पहिचान गर्न सरकारले सकिरहेको छैन,” उनले भने ।

वरिष्ठ नेता पौडेलले वर्तमान सरकारको नारा ‘समृद्ध नेपाली, सुखी नेपाली’ नेपालकै भएकाले यसतर्फ विचार गर्नुपर्नेमा जोड दिए । काँग्रेसले शुरु गरेको विकास निर्माणका काममा वर्तमान सरकारले बजेट कटौती गरेको वरिष्ठ नेता पौडेलले आरोप लगाए । “काँग्रेसले शुरु गरेको विकासका काम अहिले अलपत्र परेको छ,” वरिष्ठ नेता पौडेलले भने ।

वरिष्ठ नेता पौडेलले उद्योगी व्यवसायीको संरक्षणका लागि काँग्रेस प्रतिबद्ध रहेकोले स्थानीय व्यवसायी आफ्नै जिल्लाको विकासमा लाग्नुपर्नेमा सुझाव दिए ।

jackson ribon