birat ribon

सूचना आयोगका प्रमुख आयुक्त र आयुक्तले सपथ लिए

Neuro
सूचना आयोगका प्रमुख आयुक्त र आयुक्तले सपथ लिए

काठमाडौं २४ पुस । राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख सूचना आयुक्त र सूचना आयुक्तले पद तथा गोपनियताको शपथ लिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रमुख आयुक्त महेन्द्रमान गुरुङले शपथ लिए ।

cura insider

आयुक्तद्वय कमला वली र दीपक मैनालीले प्रमुख आयुक्त गुरुङले सपथ गराए । सपथ लिएसँगै उनीहरुले आफ्नो कार्यभार सम्हाल्हेका छन् । ५ वर्ष कार्यकालका लागि उनीहरु नियुक्त भएका हुन् ।

कार्यक्रममा उपसभामुख डा शिवमाया तुम्बाहाङ्फे, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कँडेल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदी, सूचना आयोगका सचिव मणिराम ओझालगायत उपस्थित थिए ।

यस अघिका प्रमुख सुचना आयुक्त कृष्णहरि बाँस्कोटा तथा सूचना आयुक्तद्वय किरण पोखरेल र यशोदा तिमिल्सिनाको पदावधि हिजो बुधबार सकिएको हो ।

jackson ribon