birat ribon

आबेको मध्यपूर्वको भ्रमण रद्द

Neuro
आबेको मध्यपूर्वको भ्रमण रद्द

टोकियो २४ पुस । जापानका प्रधानमन्त्री सिन्जो आबेले मध्यपूर्वको भ्रमण गर्ने योजना रद्द गरेका छन् ।

आगामी आइतबारदेखि भ्रमण गर्ने योजना बनाएका आबेले अन्तिम समयमा आएर रद्द गरेका हुन् । आबेले साउदी अरब, युएई, ओमनलगायतका देशको भ्रमण गर्ने योजना बनाएका थिए ।

cura insider

अमेरिका र इरानकाबीचको तनाव उत्कर्षमा पुगेकाले त्यसलाई न्युनिकरणका लागि सहयोग गर्ने उद्धेश्यले मध्यपूर्वको भ्रमण गर्न लागेको उनको भनाइ थियो ।

जापानी प्रधानमन्त्री आबेले मध्यपूर्वमा बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै संयमता अपनाउन सबै पक्षलाई आग्रह गर्दै तनाव न्युनिकरणका लागि प्रयास गरिरहेको बताएका थिए ।

मध्यपूर्वमा शान्ति स्थापना र स्थायित्वका लागि आफूले कुटनीतिक पहलबाठ योगदान गर्न सक्ने उनको भनाइ थियो ।

इराकस्थित अमेरिकी सैन्य आधार शिविरमा इरानले क्षेप्यास्त्र प्रहार गरेपछि आबेले भ्रमण रद्ध गर्ने निर्णय गरेको अधिकारीहरुले जनाएका छन् ।

jackson ribon