birat ribon

राजश्व चुहावट विधेयक पारित

Neuro
राजश्व चुहावट विधेयक पारित

काठमाडौं २४ पुस । राष्ट्रियसभाको बिहीबारको बैठकले राजश्व चुहावटसम्बन्धी विधेयक पारित गरेको छ । प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको ‘राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक सर्वसम्मतिले पारित भएको हो । विषयगत समितिमा भएको छलफल र परिमार्जनलाई स्वीकार्दै विधेयक पारित भएको छ ।

बैठकले नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने निर्णयसमेत गरेको छ ।

cura insider

आजकै बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा. खतिवडाले प्रस्तुत गरेको ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि स्वीकृत भएको छ । बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीका तर्फबाट अर्थमन्त्री डा. खतिवडाले ‘रेल्वे विधेयक, २०७६’ पनि पेश गरे ।

यसअघि नीति अनुसन्धान प्रतिष्ठान विधेयकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै डा. खतिवडाले सदनमा उठेका सवाललाई संशोधनका माध्यमबाट सम्बोधन गर्न सकिने बताए । हालका बौद्धिक संस्थाहरु भिन्न र छुट्टै प्रकृतिका रहेको र संसदीय प्रक्रियाबाट नबनेका हुनाले प्रतिष्ठान विधेयक ल्याइएको उनको भनाइ छ ।

कानूनबाट स्थापित हुने प्रतिष्ठान दिगो र परिपूरक भूमिकामा भएकाले यसको सान्दर्भिकता बढ्ने उनले बताए ।
राष्ट्रियसभाको अर्को बैठक यही पुस २७ गते अपराह्न १ बजे बस्नेछ ।

jackson ribon