birat ribon

सरस्वतीलाई हराउँदै आर्मी ए डिभिजन लिगको शीर्ष स्थानमा

Neuro
सरस्वतीलाई हराउँदै आर्मी ए डिभिजन लिगको शीर्ष स्थानमा

काठमाडौं, २४ पुस । काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिगमा विभागीय क्लब त्रिभुवन आर्मी क्लबले जित निकालेको छ । बिहीबार भएको दोस्रो खेलमा आर्मीले सरस्वती युथ क्लबलाई १–० गोलले हराएको हो ।

दशरथ रंगशालामा भएको खेलमा आर्मीलाई जर्ज प्रिन्स कार्कीले निर्णायक गोल गरे । खेलको ३०औं मिनेटमा उनले गरेको गोल नै आर्मीलाई जिताउन निर्णायक बन्यो ।

cura insider

यससँगै आर्मी शीर्ष स्थानमा उक्लिएको छ । आर्मीले ५ खेलमा १२ अंक जोडेको छ । उसले साविक विजेता मनाङ मर्स्याङ्दी क्लबलाई एक अंकले पछि पारेको छ । दोस्रो स्थानमा रहेको मनाङको ५ खेलमा ११ अंक रहेको छ ।

jackson ribon