birat ribon

जन्डिस भएका बेला चुरोट सेवन गर्नु धेरै हानिकारक, जन्डिस हुँदा के खाने के नखाने ?

Neuro
जन्डिस भएका बेला चुरोट सेवन गर्नु धेरै हानिकारक, जन्डिस हुँदा के खाने के नखाने ?

विराटनगर, २४ पुस । जन्डिस रोग नभएर, शरीरमा भएको रोगको एउटा लक्षण मात्र हो । जन्डिस, पहेँलो जोरो अथवा कमलपित्त कलेजोसम्बन्धी एक रोगको लक्षण हो । रगतमा बिलिरूबिन नामक तत्त्वको मात्रा बढी हुन गएमा जन्डिस हुन्छ । खाएको खाना पचाउन सहयोग गर्ने कलेजोमा प्रदूषित खानपान, फोहोर पानी र अत्याधिक रक्सी, चुरोट र सुर्तीजन्य पदार्थको असर बढ्दै गएमा जन्डिसको संक्रमण बढ्ने सम्भावना देखिन्छ ।

हेपाटाइटिस वा प्यानक्रियाजमा क्यान्सर लागेमा जन्डिस देखिने गरिन्छ । जन्डिसका बारेमा समाजमा फैलिएको हावा कुराका कारणले गर्दा जाने बुझेका मानिसहरू पनि जन्डिस हुँदा मुख बार्नु पर्छ भन्ने गर्छन् । बिग्रेको कलेजोलाई सुधार्न, बिरामीको शरीरमा ऊर्जा ल्याउन पर्याप्त मात्रामा पोषिलो खाना खान जरुरी हुन्छ । जन्डिस भएका व्यक्तिलाई यो खानु हुन्न, त्यो खानु हुन्न भनेर सुझाव दिने धेरै हुन्छन् ।

cura insider

जन्डिस हुदा चिल्लो, पीरो, अमिलो खानेकुरा, अण्डाको पहेँलो भाग, रातो मासु, गाई–भैंसीको घिउ, गुलियो स्वाद नभएको फलफूलहरू जस्तै गाँजर, मूला, काँक्रो, फर्सी, स्कुस, लौका खानु हुँदैन । उसिनेको सादा खाना वा जाउलोमात्र पनि पटकपटक खानु हुँदैन । जण्डिस भएको बेला सामान्य खानेकुरा दाल, भात, तरकारी खाँदा हुन्छ । जण्डिस हुँदा पानीलाई उमालेर सेलाउने र एक लिटर पानीमा चिनी, मिश्री घोलेर खाँदा छिट्टै लाभ भेटिन्छ ।

जन्डिस भएका बरामीलाई बेसार हालेको तरकारी खुवाउनु हुँदैन भन्ने मान्यता छ । तर, बेसार खाएर आँखा पहेंलो हुने भए हाम्रो आँखा साग खाँदा हरियो र गोलभेंडा खाँदा रातो पनि हुनुपर्ने हो । बेसारको जन्डिससँग टाढाको सम्बन्ध पनि नभएको करणले जन्डिसका बिरामीलाई बेसार, नुन, तेल, घिउ, मसला खुवाउँदा केही पनि हानी गर्दैन ।

सुगरका बिरामी बाहेकले उखुको जुस, फ्याटको मात्रा कम भएको दूध, दही, रसवरी, पनिर तथा बोसोरहितको हाँस, कुखुरा, परेवा (सेतो मासु) को मासु खान सकिन्छ । मुख बार्नु परेमा जन्डिस भएको बेलामा चुरोट, रक्सी तथा सूर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन । यसको सेवनले कलेजोलाई बिगारेर बिरामीको मृत्युसमेत हुन सक्छ ।

jackson ribon