हिमाल सागरको ‘बरी लै लै’ सार्वजनिक (भिडियोसहित)

विराटनगर, २४ पुस । ‘बरी लै लै’ बोलको गीत सार्वजनिक भएको छ । गीतलाई टिएलएन मिडियाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको गीतलाई गायक हिमाल सागरले स्वर तथा सगीत दिएका छन् ।

बासु उपाध्यायको शब्द रहेको गीतमा संजय हमालले एरेन्ज गरेका छन् । रोमान्टिक जनरामा डान्स प्रस्तुति रहेको गीतमा गायक सागरका साथ मोडल तथा नायिका अलिशा राइ र चन्दा ढुंगानालाई देख्न सकिन्छ ।

राजीव समरको कोरियोग्राफीमा धमाकेदार नृत्य प्रस्तुत गरिएको छ । शान थापाको निर्देशनमा तयार भएको गीतमा मनोज जोशीको लगानी रहेको छ । गीतको भिडियोलाई अर्जुन तिवारी र टिमले छायांकन गरेका हुन् । महेश्वर मान राजभण्डारीले मिक्सिङ गरेको गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् ।

Loading...