birat ribon

मनोज गजुरेलको विषयमा पूर्वपत्नी मीनाको यस्तो मजाक

Neuro
मनोज गजुरेलको विषयमा पूर्वपत्नी मीनाको यस्तो मजाक

विराटनगर, २४ पुस । हास्यकलाकार मनोज गजुरेलकी पूर्वपत्नी गायिका मीना ढकालले आफ्नो सामाजिक सञ्जालबाट एउटा फोटो सेयर गरेपछि निकै भाइरल बनेको छ । उनले पूर्वपति मनोज गजुरेल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भेषमा रहेका फोटो सार्वजनिक गर्दै व्यवंग्य गरेकी हुन् ।

Padelux insider
cura insider

आफ्ना पूर्वपतिलाई ट्रम्प सम्झेर कसैले टाउको काटेर लग्ला भन्दै उनले व्यंग्य गरेकी हुन् । उनले लेखेकी छन्, ‘मनोज गजुरेलको सुरक्षामा विशेष ध्यान दिन म सरकारसँग जोडदार माग गर्छु कसैले डोनाल्ड ट्रम्प सम्झी टाउको काटी इरान पुर्‍याउला ।’

उक्त मिमलाई मीनाले आफ्नो सामाजिक संजालमा सेयर गर्दै आफूले आफ्नो भूपूको लागि माग गरेको भन्दै लेखेकी छन् । उनले यति लेखेर पोस्ट गर्ना साथ कमेन्टको बर्सात् भएको छ । कतिले माया त लाग्दो रहेछ नि, पहिलो माया भनेको यस्तै हो समय समयमा याद आइ रहन्छ भनेर कमेन्ट गरेका छन् भने कतिले मनोज गजुरेललाई नै मेन्सन गरि दाजु टेक केयर भनेका छन् ।

केही दिनअगाडी मात्र मनोजले यस्तै एक मेमे सेयर गर्दै चासो र चिन्ता ब्यक्त गर्नु हुने शुभ चिन्तकहरूका लागि ढुक्क हुनुस् केही नहुन्जेल केही पनि हुँदैन भनेर लेखेका थिए ।

jackson ribon