रिलिज हुनु एक दिनअघि विवादमा दीपिकाको ‘छपाक’

विराटनगर, २४ पुस । एसिड आक्रमणमा परेकी पीडित लक्ष्मी अग्रवालको कथामा आधारित रहेको फिल्म ‘छपाक’ रिलिज हुनु एक दिनअघि विवादमा आएको छ । १० जनावरी २०२० मा रिलिज गर्ने तयारीमा रहेको दीपिका पादुकोण अभिनित फिल्मलाई दुई हप्ता अगाडि राकेश भारती नामका लेखकले फिल्मको कहानी चोरी गरेको आरोप लगाउँदै बम्बे हाइकोर्टमा उजुरी दिएका थिए ।

aa

तर, यसपटक भने एक वकिलले फिल्ममा क्रेडिट नदिएको भन्दै उजुरी दिएकी छन् । वकिल अर्पणा भट्ट एसिड आक्रमणमा परेकी लक्ष्मीकी वकिल भएर काम गरेको बताउँदै र आफूले फिल्ममा क्रेडिट नपाएको भन्दै उजुरी दिएकी हुन् । अर्पणाले फेसबूकमा उक्त फिल्ममा आफ्नो नाम नदिएको गुनासो गर्दै निर्माताविरुद्ध कानूनी कारवाही गर्ने जानकारी दिएकी थिइन् ।

धेरै वर्षसम्म लक्ष्मीकी वकिल रहेपनि फिल्ममा क्रेडिट नदिएको कारण फिल्म प्रदर्शनमा रोक लगाउने माग गर्दो अर्पणाले याचिका दर्ता गरेकी छन् । फिल्म रिलिजअघि निकै विवादमा तानिएको छ । केही दिनअघि मात्र दीपिका जेएनयुमा विद्यार्थी भेट्न गएको भन्दै दर्शकले फिल्म रिजेक्ट गर्न ट्वीटरमा ट्रेन्डसमेत चलाएका थिए ।

Loading...