visit-nepal

जन्मदर्ता बनाउन दुई लाख घुस !

काठमाडौं २३ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जन्मदर्ता प्रमाणपत्र बनाइदिने भन्दै घुस मागेको अभियोगमा विशेष अदालतमा बुधबार मुद्दा दर्ता गरेको छ ।

सप्तरीको महादेवा गाउँपालिका ६ का वडासचिव नायव सुब्बा नवोनाथ मिश्रले जन्मदर्ताको प्रमाणपत्र बनाउन पुगेका सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको अभियोगमा आयोगले केही दिन पहिले पक्राउ गरेको थियो ।

वडासचिव मिश्रले आफ्नो जिम्मेवारी र पदीय दायित्व विपरीत सेवाग्राहीको जन्म दर्ता गराई दिनको लागि घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ । उनले घुस लिएको पुष्टि भएकाले बिगोबमोजिम कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

Loading...