अध्ययनले भन्छ ‘एक प्याक लगाएपछि अंग्रेजी फररर्’

विराटनगर २३ पुस । अहिलेसम्म हामीले मजाकमा भन्ने गरेका छौँ, ‘एक प्याक लगाएपछि अंग्रेजी फररर् ।’ यो कुरा मजाक मात्रै नभई एक अनुसन्धानले पनि सहि सावित गरेको छ ।

वैज्ञानिकहरुले गरेको अुनसन्धानमा एक गिलास बियर वा वाइन पिएपछि विदेशी भाषामा कुरा गर्न निक्कै सजिलो हुने गरेको देखिएको छ ।

मानिसहरुलाई एक गिलास बियर वा वाइनले नै आत्मविश्वास बढाउने हुँदा लाज हट्ने र विदेशी भाषामा मज्जाले गफ गर्न सक्ने अध्ययनको निष्कर्ष छ । यसको अर्थ हामीले एक प्याक लगाएपछि अंग्रेजी (विदेशी भाषा) फरररर् भन्ने वाक्य बास्तवमै सत्य भएको वैज्ञानिकहरुको भनाइ छ ।

साइकोफार्माकोलोजी पत्रिकामा छापिएको एक शोधमा मदिरापान गरेपछि विश्वमा धेरै जना विदेशी भाषा बोल्न सक्छन् । मनमा भएको असजिलो हट्ने र विदेशी भाषा बोल्न सक्ने हुने शोधमा उल्लेख छ । ब्रिटिस र डच वैज्ञानिकहरुले गरेको खोजमा मदिरापान गरेका व्यक्तिहरु आफ्नो इज्जत गुम्ने डरबाट मुक्त हुने हुँदा अर्काे भाषा पनि सहजै बोल्न सक्छन् ।

यही शोधमा मास्ट्रिच यूनिभर्सिटीका ५० जना विद्यार्थीलाई सहभागी गराइएको थियो । जर्मन भाषा बोल्ने यी सहभागीहरु डच भाषा सिक्न आएका थिए । परीक्षाको क्रममा उनीहरु मध्ये आधालाई पानी र आधालाई रक्सी पिउन दिइएको थियो ।

यसरी रक्सी पिएर डच बोल्ने परीक्षामा सहभागी भएका सबै जना पास भएका थिए । रक्सी पिउनेमा आत्मविश्वास देखिएको थियो ।

Loading...