birat ribon

अस्ट्रेलियाको आगलागीमा क्रिसले दिए योगदान

Neuro
अस्ट्रेलियाको आगलागीमा क्रिसले दिए योगदान

एजेन्सी, २३ पुस । अस्ट्रेलियामा फैलिएको भीषण आगलागीलाई नियन्त्रण गर्नका लागि अहिले धेरैजसो सेलिब्रिटीहरूले सहयोगका लागि अपिल गर्दै राहतस्वरुप निश्चित रकम दिएको खबरहरू सार्वजनिक भइरहेका छन् । यसै क्रममा मार्भालका स्टार क्रिस हेम्स्वर्थ र उनका परिवारले राहतस्वरुप १ मिलियन डलर आगलागी नियन्त्रणका लागि सहयोग गरेका छन् ।

Padelux insider
cura insider

थोर नामले निकै चर्चित रहेका यी कलाकारले इन्सटाग्राममा भिडियो सेयर गरेर आफूले आगलागी नियन्त्रणको लागि सहयोग गर्नका लागि गायक पिङ्क, निकोल किडम्यान, किथ अर्बन, काइलि र ड्यानि मिनोगले सार्वजनिक रुपमा घोषणा गर्दै ५००,००० डलर डोनेट गरेका हुन् ।

यी कलाकारहरू जस्तै आफूले पनि अस्ट्रेलियाको भिषण आगलागीलाई नियन्त्रण गर्न सहयोग गर्दै आफू र आफ्नो परिवारले एक मिलियन डलर योगदान गर्दै इन्स्टाग्राममा सेयर गरी अरुलाई पनि योगदान गर्न आग्रह गरेका छन् ।

jackson ribon