गिनिस वर्ल्ड रेकर्डमा ह्याट्रिक गरेका दिनेश चौथो रेकर्ड राख्न सफल

विराटनगर, २३ पुस । पार्कर खेलमा तीन पटक विश्व कीर्तिमान राख्न सफल भएका दिनेश सुनारले चौथो पटक विश्व रेकर्ड बनाउन सफल भएका छन् ।

ब्यालेन्स ग्रुप अफ कम्पनीज प्रा.लि. को सहकार्यमा भिजिट नेपाल २०२० लाई लक्षित गरी पार्कर खेलको अर्को छुट्टै विधा ‘द मस्ट ब्याकवार्डस समसल्टस् अगेन्स्ट अन ट्रयाम्पोलाइन इन वन आवरर्स’ मा एक घन्टाको समयमा ४ सय ६० पटक ब्याक फ्लिप्स गर्दै चौथोपटक वर्ल्ड रेकर्ड राख्न गर्न सफल भएको दिनेशले बताए ।

यो रेकर्ड चाँडै सर्टिफाईड भएर आउनेछ भन्ने विश्वास रहेको सामाजिक सञ्जालमार्फत् उनले भनेका थिए । अमेरिकाको भर्जिनिया राज्यमा आयोजित सो रेकर्डसम्बन्धी कार्यक्रममा दिनेशले एक घण्टामा ४ सय ६० पटक ब्याक फ्लिप हानेका थिए ।

यसअघि उनले पार्कर खेलमा तीन पटक गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भैसकेका छन् ।

Loading...