birat ribon

अमेरिकालाई इरानको जवाफ, अमेरिकी सेना क्याम्पमा एक दर्जन मिसाइल हमला

Neuro
अमेरिकालाई इरानको जवाफ, अमेरिकी सेना क्याम्पमा एक दर्जन मिसाइल हमला

विराटनगर (एजेन्सी) २३ पुस । विशेष सुरक्षा दस्ताका जनरल कासिम सुलेमानीको हत्याको बदला लिँदै इरानले इराकमा रहेको अमेरिकी सेनाको दुईवटा क्यम्पमा मिसाइल आक्रमण गरेको छ ।

Padelux insider
cura insider

अमेरिकी विदेश मन्त्रालयका अनुसार इरानले दुई वटा क्याम्पका एक दर्जन भन्दा बढी मिसाइल हमला गरेको हो ।

इरानी सरकारी सञ्चार माध्यमले जनरल कासिम सुलेमानीको हत्याको बदला लिन हमला गरिएको जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा अमेरिकी सेनाले इराकको राजधानी बग्दादमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन हमला गर्दा सुलेमानीको मृत्यु भएको हो ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इराकको इरबिल र अल खसद शहरमा रहेको दुई क्याम्पमा हमला भएको जनाएको छ । तर क्षति विवरण भने खुलाइएको छैन् ।

अमेरिकी राष्ट्रपति कार्यालय व्हाइट हाउसका प्रवक्ता स्टेफनी ग्रिश्मले एक विज्ञप्ती जारी गर्दै हमलाको खबर आएको बताए । उनले अवस्थाका विषयमा निगरानी गरिरहेको उनको भनाइ छ । आफ्नो गठबन्धन सेनाको सुरक्षाको लागि जस्तोसुकै कदम चाल्न पछि नपर्ने पेन्टागनले जनाएको छ ।

jackson ribon